हलमा ‘लालपुर्जा’ र ‘पिंजडा व्याक अगेन’ रिलिज



बिहीवारबाट मोफसलका हलहरुमा एकसाथ रिलिज भएका दुई नेपाली चलचित्र ‘लालपुर्जा’ र ‘पिंजडा व्याक अगेन’ आज शुक्रवारबाट राजधानीका हलहरुमा पनि प्रदर्शनमा आएका छन् । यी दुवै फरक स्वादमा चलचित्र हुन् ।

‘लालपुर्जा’मा सौगात मल्ल, विपिन कार्की, मिरुना मगर, मेनुका प्रधान, हरिहर शर्मा, कामेश्वर चौरसिया र कुमार नगरकोटी लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

निगम श्रेष्ठले निर्देशन गरेको चलचित्रमा विक्रम सिंह थारु र उमेश श्रेष्ठ निर्माता रहेका छन् । चलचित्रमा दुई दाजुभाइको लालपूर्जाकै कारण उत्पन्न द्वन्द्वलाई देखाउन खोजिएको छ ।

नेगेटिभ बुद्ध ब्यानरमा निर्माण भएको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन र लोकेश बज्राचार्यको सम्पादन रहेको छ ।

यस्तै, हिमाल केसी निर्देशित ‘पिंजडा व्याक अगेन’मा निखिल उप्रेती, सारा सिर्पाली, सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई ओम शाही भक्त मुभिज र ओम साइ मौलाकालिका पिक्चर्सले संयुक्त रुपमा निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu