
ठुलोपर्दा डटकम, काठमाण्डौ। यो साता नेपाली चलचित्र ‘लोफर’ नेपाली चलचित्रको सन्दर्भमा सोलो रिलिज भएको छ। युनिभर्सल प्रमाणित यो चलचित्र सवैखाले दर्शकले हेरन पाएका छन्।
द्वन्द्वात्मक प्रेमकथा र कमेडी समेटिएको ‘लोफर’का निर्देशक आदित्य विक्रम लम्साल हुन् भने कार्यकारी निर्माता छवि ओझा हुन्। निर्देशक र नायिका रजनी केसीले डेब्यू गरेको यो चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, कमलमणी नेपाल, सुशिलराज पाण्डे, अनुपम शर्मा, सागर लम्साल ‘क्षेत्री’, रजनी केसी लगायतका कलाकारको अभिनय रहेको छ।
सोनाल सापकोटाको संगीत, मदन कास्यप घिमिरेको छायाँकन, चन्द्र पन्तको द्धन्दनिर्देशन तथा कविराज गहतराजको करियोग्राफी रहेको छ ।
वलिउडको राजकुमार पनि आयो
सोनाक्षी सिन्हा र साहिद कपुरको मूख्य अभिनय रहेको ‘आर … राजकुमार’ नेपालमा पनि रिलिज भएको छ। प्रभु देवा निर्देशित यो चलचित्र ‘एक्शन लव स्टोरी’ चलचित्र हो। ‘आर … राजकुमार’ यसै साता विश्वभर रिलिज भएको छ।





