सलमानको नेपाल कन्सर्ट बारे सोहेलले यस्तो भने !



आफ्ना दाई सलमान खानको ‘द ब्याङ टुर नेपाल’ को विषयमा जानकारी बलिउड अभिनेता सोहेल खान काठमाडौं आएका छन् । होटल सोल्टी क्राउन प्लाजामा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै सोहेलले सलमान नेपाली फ्यानमाझ आफ्नो प्रस्तुति दिन आतुर रहेको बताए ।

सोहेल भन्छन्, ‘हामी त नेपाल आउन सधै इच्छुक थियौं । निम्तो आउनेबित्तिकै इन्ट्रेस्ट देखायौं । अध्ययन गर्‍यौं । सबै समूहको समयतालिका मिलाएर यसपालि आउन लागेका छौं । तर, चाँजो मिलाउनै एक वर्ष लाग्यो ।’

सोहेल खान इन्टरटेन्मेन्ट र जेए इभेन्टको सहकार्यमा नेपाली इभेन्ट कम्पनी ओडीसी इन्टरटेन्मेन्टले कार्यक्रम आयोजना गर्न लागेको हो ।

उनले सलमानसँगै सोनाक्षी सिन्हा, प्रभु देवा, कृति सानोन, डेजी शाह, मिट ब्रदर्स, मनीष पलजस्ता कलाकार नेपाल आउने पनि जानकारी दिए ।

यस्तै, ओडीसीका सीमान्त गुरुङले कन्सर्टबाट संकलित रकम समाज सेवामा खर्चिने बताए । आयोजक संस्थाका अनुसार, ‘द ब्याङ टुर नेपाल’मा करीब ५० हजार दर्शक उतारिने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu