‘सुश्री सम्पत्ति’मा सलोन र सारा कन्फर्म



‘अर्धकट्टी’ निर्देशक सुब्रत आचार्यको नयाँ फिल्म ‘सुश्री सम्पत्ति’मा नायक सलोन बस्नेत र नायका सारा सिर्पाली अनुवन्धित भएका छन् । साराले यसअघि चलचित्र ‘रुद्र’ र ‘पिंजडा ब्याक अगेन’मा काम गरिसकेकी छिन् ।

चलचित्रमा विनोद न्यौपाने, प्रमोद अग्रहरी, विशारद बस्नेत, प्रेम वर्षा खड्का लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । सुरेश अधिकारीको सोलो संगीत रहने चलचित्रलाई अर्जुन तिवारीले खिच्नेछन् ।

रमेश त्वायनाको निर्माण रहने चलचित्रको सह-निर्मातामा निर्देशक सुब्रत पनि रहेका छन् । ‘सुश्री सम्पत्ति’को अधिकांश छायांकन पोखरामा हुनेछ ।

चलचित्रको स्क्रिप्ट अभिमन्यू अभिमन्यू निरवीले तयार पारेका हुन् । भरत रेग्मीको सम्पादन रहने फिल्ममा कविराज गहतराजको नृत्य निर्देशन रहने निर्देशक आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu