
काठमाडौं – शुक्रवार रिलिज हुन लागेको नेपाली चलचित्र ‘पीआर’को काठमाडौंमा प्रिमियर गरिएको छ। बुधवार साँझ सामाखुसीस्थित सिटी स्क्वायर मलमा रहेको क्युएफएक्स सिनेमाजमा यसको प्रिमियर गरिएको हो।
प्रिमियरमा चलचित्र युनिटको सहभागिता थियो, जहाँ निर्देशक शोभित बस्नेत, कलाकार सुरज पौडेल, विनीता कार्की लगायत थिए। साथै, चलचित्रकर्मीहरू दिनेश डिसी, सलीनमान बनिया, दीपाश्री निरौला, गौरी मल्ल, करिश्मा केसी, दीपक आचार्य काकु, रेखा थापा, जयकिशन बस्नेत, सविन श्रेष्ठ, निर्मल शर्मा, देविका वन्दना लगायत चलचित्र हेर्न पुगेका थिए।

यस चलचित्रमा नेपाली विद्यार्थीले अस्ट्रेलियाको स्थायी आवासीय पत्र प्राप्त गर्नको लागि गर्ने सङ्घर्षको कथा रहेको छ। चलचित्र हेरेपछि दर्शकले भन्नै पर्ने कथा भनिएको प्रतिक्रिया दिए।




