राजेश हमाल अभिनीत चलचित्र ‘प्रवासी जीवन’ फागुन १५ मा रिलिज हुने



काठमाडौं – अभिनेता राजेश हमालको अभिनय तथा श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रूपमा निर्देशन गरेको नेपाली चलचित्र ‘प्रवासी जीवन’ फागुन १५ गते रिलिज हुने भएको छ। प्रवासीहरूको सुख-दुःख, आरोह-अवरोह र सामना गर्नुपर्ने चुनौतीहरूलाई केलाउने यस चलचित्रको हालै केही पोस्टरहरू सार्वजनिक गरिएको छ।

निर्देशक क्षेत्रीले फिल्ममा भौतिक दुःखको मात्र नभई प्रायः बेवास्ता गरिने मानसिक रूपमा भोगिरहेको यातनालाई केन्द्रमा राखिएको बताएका छन्। उनले थपे, ‘हामीले त्यो समय र त्यहाँबाट निस्किए पछिको सुन्दर भविष्यलाई फिल्ममा देखाएका छौँ।’ चलचित्र मानसिक स्वास्थ्य समस्या र त्यसको समाधानको विषयमा केन्द्रित रहेकाले प्रवासी जीवनलाई नजिकबाट बुझ्न यो फलदायी हुने उनको विश्वास छ।

चलचित्रमा राजेश हमाल, सरिता लामिछाने सहित बुद्धि तामाङ, महादेव अधिकारी, एञ्जेला बस्नेत, गगन सुबेदी, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरि, शिखा अधिकारी र निर्देशक श्याम क्षेत्री स्वयंले पनि अभिनय गरेका छन्। चलचित्रको सम्पूर्ण छायाङ्कन अमेरिकामा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu