‘फेस अफ मारवाडी’ को कोरियोग्राफरमा माल्भिका



पुर्व मिस नेपाल माल्भिका सुब्बाले मारवाडी युवा युवतीको प्रतिभा निखार्ने भएकी छन् । उनले ‘फेस अफ मारवाडी’ प्रतियोगीता मार्फत उनीहरुको प्रतिभा निखार्ने भएकी हुन् । पेजथ्रि हट कल्चरले मारवाडी समुदायको युवा युवतीको ब्याक्तित्व बिकाश गरि मारवाडी कला संस्कृतीलाई जगेर्ना गर्दै बिकाश र बिस्तार गर्ने उदेश्यका साथ मरवाडी समुदाय लक्षित सौदर्य प्रतियोगीता ‘फेस अफ मारवाडी’ आयोजना गर्ने भएको छ । जसको कोरियोग्राफरमा पुर्व मिस नेपालसमेत रहेकी माल्भिका फाइनल भएकी छन् ।

आयोजक पेजथ्रि हट कल्चरले बिहिबार एक बिज्ञप्ती जारी गर्दै ‘फेस अफ मारवाडी’ को आवेदन खुल्ला भएको जानकारी गराएको हो । १६ देखि २८ वर्ष उमेर समूहका मारवाडी युवा युवतीले प्रतियोगीताका लागि आवेदन दिन सक्नेछन् । पेजथ्रि हट कल्चरको कार्यलय नक्साल तथा सिटीसेन्टरबाट आवेदन फर्म उपलब्ध हुने आयोजकले जनाएको छ ।

प्रतियोगीताको पहिलो चरणको अडिसन आगामी १७ फेब्रुअरीदेखि ३ मार्चसम्म हुनेछ । पहिलो चरणको अडिसन काठमाडौ, बिराटनगर, बिरगञ्ज, बिर्तामोड लगायतका स्थानमा हुने आयोजकले जनाएको छ ।

प्रारम्भिक चरणमा छानिएका प्रतियोगीलाई मात्र संन्चार कला, बिकाश मोटिभेसन, लिडरसिप, ड्रेस सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिने पेजथ्रि हट कल्चरकी प्रमुख रेखा मोदी मित्रुकाले जानकारी दिइन् ।

प्रतियोगीताको अन्तिम स्प्रर्धा आगामी ७ अप्रिलमा राजधानीको सोल्टी क्राउन प्लाजामा आयोजना हुनेछ । प्रतियोगीतामा शिर्ष सहित बिभिन्न आधा दर्जन बिधामा बिजेता छानिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu