गृह जिल्लाबाट निर्देशक शिव रेग्मीलाई आर्थिक सहयोग



श्यामसुन्दर गिरी, चितवन। बिगत १० महिना देखी अस्वथ रहेका चलचित्र निर्देशक शिव रेग्मी पछिल्ला केही दिन देखी सिकिस्त छन् । साबिकको तुलनामा स्वास्थमा केही सुधार आए पनि रेग्मीलाई अझै पनि भेन्टिलेटरमा राखेर उपचार गरीएको छ । केही समय देखी गृह जिल्ला चितवन रहेका रेग्मीको स्वास्थ्य स्थिती नाजुक भएपछी गत साता उनलाई एअर-एम्बुलेन्स मार्फत काठमाण्डौ लगि उपचार जारी राखिएको छ । थप उपचारका लागि भारत लानुपर्ने भएको कारण रेग्मी परिवार उपचारका लागि आर्थिक समस्या परेका छन् ।

यस अगाडिनै रेग्मीले व्याक्तिगत सहयोग नलिने उदघोष गरेकाले अहिले बिभिन्न संघ-सस्थाले रेग्मीको उपचारका लागि सहयोग गर्न थालेका छन् । शुक्रबार नारायणी कला मन्दिर चितवनले ईन्द्रदेव चलचित्र मन्दिरमा रेग्मी निर्देशित चलचित्र ‘सो सिम्पल’को च्यारिटी सो गर्‍यो । उक्त च्यारिटी सो बाट करीब ३ लाख उठेको आयोजक सदस्य उमेश अधिकारीले बताए । उनका अनुसार सो रकमलाई एक औपचारिक कार्यक्रम गरी हस्तान्तरण गरिने छ ।
shiva-regmi-last
चलचित्र पत्रकार संघ, चितवनबाट पनि सहयोग
चलचित्र पत्रकार संघ चितवन शाखाले पनि शुक्रबार नै एक कार्यक्रमका बिच निर्देशक रेग्मीको जीवनसंगी ज्ञानु रेग्मीलाई एघार हजार एक सय एघार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ । सो कार्यक्रममा नै ईन्द्रदेव चलचित्र मन्दिर नारायणढको तर्फबाट संचालक मुक्तिलाल पियाले पच्चिस हजार रुपैया प्रदान गर्नुभयो ।

चलचित्र पत्रकार संघ चितवन शाखाले आयोजना गरेको सो कार्यक्रममा शाखाका अध्यक्ष श्यामराज विश्वाकर्माको अध्यक्षता र बरिस्ट चलचित्रकर्मी रिद्धीचरण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघका उपाध्यक्ष रमेश क्षितिज, कोषाध्यक्ष श्यामसुन्दर गिरी,नारयणी कला मन्दिरका पूर्व अध्यक्ष बिनय श्रेष्ठ,सिनर्जी एफएमका प्रबन्ध निर्देशक सहन प्रधान, रेग्मी पत्नी ज्ञानु रेग्मी लगायतले बोल्नुभएको थियो ।
shiva-regmi-help
मन्तब्यका क्रममा अधिकांश वक्ताहरुले निर्देशक शिव रेग्मीको प्रशंसा गर्दै स्वास्थ लाभको कामना गर्नुका साथै रेग्मी पत्नी ज्ञानुले आफ्नो श्रीमान मात्र नभएर समग्र देशकै गहना भएकोले पनि रेग्मीलाई बचाउन कुनै पनि मुल्य चुकाउन तयार रहेको बताएकी छिन् । रेग्मीको जीवन रक्षाका लागि संघ सस्था सँग सहयोगको अपेक्षा राखेको पनि बताईन ।

उपचाररत निर्देशक रेग्मीले निर्देशन गरेका चलचित्र कहाँ भेटिएला, आफ्न्त, सुख-दुख लगायत करीव दर्जनको हाराहारीका चलचित्र चर्चित छन् भने रेग्मी निर्देशित चलचित्र पराइ आगामी पुष २६ गते रिलिज हुँदैछ ।
(माथिल्लो फोटोः फिल्मी अपडेट)

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu