राघवः थिएट्रिकल ट्रेलर सार्वजनिक | बिछोड पछिको अर्को मिलन



raghav-trailer
ठुलोपर्दा डटकम, काठमाण्डौ। 
नायक राजबल्लभ कोईरालाको ब्यानरमा बनेको पहिलो चलचित्र ‘राघव’को थिएट्रिकल ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा शिबिर पोखरेल, अस्मिता ढकाल, अशिष्मा नकर्मी लगाएतका कलाकारलाई मुख्य भुमिकामा देखाईएको छ।

ट्रेलरमा नेपालमा रहेकी गर्लफ्रेण्डको विवाह भएपछि तड्पिएको युवाले पुनः नयाँ गर्लफ्रेण्ड पाउने र बीचमा आईपर्ने उतारचढावलाई देखाउन खोजिएको बुझ्न सकिन्छ। एक युवाको इमोश्नल जर्नीलाई ‘राघव’मा कथावस्तु बनाईएको छ। राजबल्लभ कोईराला फिल्म्स सहित आईडिया एण्ड इमेज, प्लानेट ३ फिल्म्सको सहकार्यमा अण्डरग्राउड टकिज नेपालको प्रोडक्सनमा यो चलचित्र बनाईएको हो। चलचित्रमा अमेरिकामा नै बस्दै आएका भुपेन्द्र भट्टराईको लेखन तथा निर्देशन रहेको छ।

संजीब सिंह, मानव सुवेदी र दि माया ब्याण्डको संगीत रहेको ‘राघव’को ९० प्रतिशत अमेरिका र बाँकी नेपालमा छायांकन गरिएको थियो।

Watch the trailer:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu