लमजुङमा ‘लोफर’को झड्का | सिक्वेलको सुझाव



loafer-lamjung
कुमार पौडेल, लमजुङ।
‘लोफर’ जो ‘फाल्टु’ भन्ने बुझिन्छ । बरालिएर हिड्नेलाई पनि ‘लोफर’ भन्ने चलन छ। ‘लोफर’लेदेशब्यापी रुपमा त्यही माहोल तताएको छ। वास्तविक समाजमा लोफरलाई सज्जन बनाईनुपर्छ तर यसपालीको लोफरलाई भने साथ दिनु पर्छ। हाम्रो मतलव, यसै साता रिलिज भएको नेपाली चलचित्र ‘लोफर’।

लमजुङे यूवाहरु ‘लोफर’सँग खुब रमाएका छन्। कथा भन्ने तरिका या बेरोजगारको कथाले होला ‘लोफर’लाई कसैले लुट को सिक्वेल भन्न पनि भ्याए। कसैले यो चलचित्रको अर्को भाग बनाउन सुझाए। देशब्यापी रुपमा राजनितीको माहोल नसेलाउदै लोफरले राजनीतिलाई पनि छोएको छ। सायद त्यसैले पनि राजनीति रुच्नेलाई ‘लोफर’ मसला बनेको छ।

लमजुङमा रहेका चार हल मध्ये सदरमुकाम बेशिसहरमा रहेको अन्नपुर्ण चलचित्र मन्दिरले शुक्रबारबाटै लोफर प्रर्दशनमा ल्याएको छ। सो हलमा लोफर हेरेका दर्शकले सामाजिक र ब्याङ्ग्यात्मक चलचित्रको रुपमा पनि स्विकारेका छन्। सर्वसाधारण दर्शक मात्र नभई पत्रकारहरु मनमा पनि लोफरले राम्रै छाप छोडेको छ। उज्याले ९० नेटवर्क लमजुङका आश गुरुङले भने, ‘लोफर यस्तो चलचित्र बन्यो की जुन सुकै कुराहरुमा राजनिती गर्न खोज्ने, त्यसैबाट ठगी धन्दाहरु गर्दा ठुला मान्छेहरुको सहयोग लिनुपर्ने, अनेकौ ठगी र गिरोह जस्ता कुराहरु पाठ दिएको छ’।त्यस्तै गोर्खापत्र दैनिक लमजुङका नबिनराज कुईकेलले युवाहरु बेरोजगार हुँदा कस्ता समस्या आउँदा रहेछन् भन्ने पाठ यो चलचित्रबाट बुझ्नुपर्ने बताए।

‘लोफर’मा आर्यन सिग्देल, रजनी केसी, दयाहाङ् राई, सुशिल राज पाण्डे, कमलमणी नेपाल लगाएतका कलाकारहरुको अभिनय रहेको छ। आदित्य विक्रम लम्सालले निर्देशन गरेको सो चलचित्रलाई छविराज ओझाले बनाएका हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu