‘उध्रेको चोली’को कमालले मंसिरमै गर्मी



indira-joshi-kailai
सि.पि. जैशी, कैलाली।
कैलालीको लम्कीमा जारी प्रथम लम्की महोत्सव २०७०को नवौं दिन चर्चित गायिका तथा बेली डान्सर ईन्दीरा जोशीले दर्शकलाई तताएकी छिन् । चर्चित गीत ‘उध्रेको चोली छ है तैपनि लाइन्छ …’ गाएपछि दर्शकहरु तातेका थिए । जोशीको सो गीतले ‘वान्स मोर’ पाएको थियो ।
indira-joshi-kailai1
महोत्सब सकिन एक दिन बाँकी रहँदा र शनिवार विदाको दिन भएकोले कर्मचारी र विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको थियो । आधा दर्जन गीत गाएकी ईनदिराले भरपुर मनोरञ्जन प्रदान गरिन् । गीत गाउँदै नृत्य गरेपछि मंसिरको जाडोमा गर्मी बढेको थियो । त्यस्तै, अर्जुन कौशल र रोशन टमट्टाले समेत गीत गाई दर्शका लाई मनोरञ्जन प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu