रहेनन चलचित्र निर्देशक शिव रेग्मी



श्यामसुन्दर गिरी, काठमाण्डौ। चलचित्र निर्देशक शिव रेग्मी को आज बिहान ५.३० बजे काठमाण्डौ बल्खु स्थित बयोधा अस्पातलमा निधन भएको छ । करिब दस महिना देखी किड्नीको समस्याका कारण उनी अस्पातल भर्ना भएका थिए । रेग्मीको अन्तिम दाह संस्कारका लागि १० बजे काठमान्डौबाट गृहजिल्ला चितवन शब लैजाने र आजको पुरै दिन नारायणी कला मन्दिरमा राख्ने जानकारी प्राप्त भएको छ ।

निर्देशक रेग्मी नेपाली चलचित्रका ब्यबसायिक रुपमा सफल निर्देशकका रूपमा चिनिन्छन् । उनले निर्देशन गरेका आफन्त, आफ्नो मान्छे, ए मेरो हजुर, सुखदु:ख, मुग्लान, हामी तीन भाइ, कहाँ भेटिएला लगायत थुप्रै चलचित्रले नेपाली चलचित्रको इतिहासमा व्यावसायिक रेकर्ड कायम गरेका छन् । विशेषगरी नारी संवेदनामाथि चलचित्र निर्माण गरी सफलता हासिल गरेका रेग्मीले आफन्तदेखि सो सिम्पलसम्म २० वटा चलचित्र निर्देशन गरिसकेका छन् ।
shiva-dai
नारायणी कला मन्दिरमा आबद्ध भई रंगकर्ममा रमाइरहेका उनले आफूलाई प्रेमपूजा, मोहनी, अल्लारेलगायत चलचित्रबाट कुशल स्क्रिप्ट राइटरका रूपमा स्थापित गरे । सोही क्रममा उनी पहिलोपटक चलचित्र आफन्तबाट निर्देशन फाँटमा उत्रिए । आफन्त सफल भयो । त्यसपछि उनले आफ्नो मान्छे, ए मेरो हजुर, उपहार, पाहुना, सुखदु:ख, मुग्लान, हामी तीन भाइ, मानिस, दुनियाँ, राम–बलराम, युद्ध, कहाँ भेटिएला, हाँसिदेऊ एक फेर, साथी म तिम्रो, मनले मनलाई छुन्छ, पराई, फूल र सो सिम्पल निर्देशन गरे । यि मध्य सो पराइे आउदो पुष २६ गते रिलिजको तयारीमा छ भने मनले मनलाई छुन्छ प्रदशन हुन बाँकी छ ।

स्वाभिमानी निर्देशकको रुपमा चिनिएका रेग्मीको दु:खद निधनप्रती ठुलोपर्दा डटकम परिवार हार्दिक समबेदना प्रकट गर्नुका साथै शोक सम्पप्त परिवारजन प्रती धैर्यधारण गर्ने शक्ती मिलोस भनी कामना गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu