मङ्सिर २६ देखि ३० सम्म पर्वतीय चलचित्र महोत्सव



Kimff
बैकुण्ठ पराजुली, काठमाण्डौ।
आगामी मङ्सिर २६ देखि ३० सम्म काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव हुने भएको छ । सो महोत्सवमा ५० मुलुकबाट ३०० वटा चलचित्र प्राप्त भएको र नेपालमा बनेको ५५ वटा चलचित्र समावेश हुनेछन् ।

महोत्सव आयोजक समितिका अध्यक्ष बसन्त थापाले ले दिएको जानकारी अनुसार महोत्सवमा सर्वोत्कृष्ट तीनवटा चलचित्र छनौट हुने र पहिलो दोस्रो तथा तेस्रोमा छनोट हुने चलचित्रलाई क्रमशः एक हजार ५००, एक हजार तथा ५०० अमेरिकी डलर पुरस्कार दिइने जानकारी दिए ।

नेपाली खण्डको नेपाली प्यानोरामातर्फ सर्वोत्तम डकुमेन्ट्रीलाई रु २५ हजार र कथानक चलचित्रतर्फ रु २५ हजार पुरस्कार दिइनेछ । त्यस्तै अफगानिस्तान, बंगलादेश, भुटान, चीन, भारत, म्यान्मार, नेपाल तथा पाकिस्तानी क्षेत्रका सदस्य राष्ट्रका चलचित्र निर्मातालाई सहयोग गर्न एकीकृत अन्तराष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड)ले एक हजार अमेरिकी डलरको पुरस्कार राखेको पनि बताईएको छ ।

सो महोत्सवमा फ्रान्सका चलचित्र निर्माता ओलिभर पोससेटका चलचित्र पनि प्रदर्शन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu