शो रुम उद्घाटनमा प्रशान्तदेखि हर्षिकासम्म



चर्चित युवा खलअभिनेता प्रशान्त ताम्राकारले शनिबार नयाँ बजार, खुशिबुस्थित सामुयल डाइरेक्टको शो रुम उद्घाटन गरेका छन् । व्यावसायिक सज्जा थापा र सुनील प्रधानको संयुक्त लगानीमा खुलेको उक्त शो रुममा बेलायतको चर्चित ब्राण्ड सामुयल डाइरेक्टका मेमोरी फोमयुक्त म्याट्रेस, पिलो, बेड कभरलगायतका उत्पादनहरु पाइन्छ ।

शो रुम उद्घाटनमा खलअभिनेता प्रशान्तलाई अभिनेत्री तथा निर्मात्री सुस्मिता बमजन, अभिनेत्रीहरु क्षितिजा शाक्य, हर्षिका श्रेष्ठ, कमली वाइवालगायतले साथ दिएका थिए । लामो समयको बेलायत बसाइमा मेमोरी फर्म र सामुयल डाइरेक्ट ब्रान्डबारे प्रचुर ज्ञान हासिल गरि नेपालमा पहिलोपटक उक्त ब्राण्डका उत्पादनको बिक्री सुरु गरेको जानकारी सज्जाले दिइन् ।

बजारमा पाइने मेमोरी फर्मका उत्पादनभन्दा आफूहरुले निकै कम रेटमा ब्राण्डेड सामाग्री उपलब्ध गराउने दावी उनको छ । खलअभिनेता प्रशान्तले सामुयल डाइरेक्टका प्रोडक्टहरु नेपाली बजारमा लोकप्रिय हुने बिश्वास ब्यक्त गर्दै आफू पनि यस ब्राण्डप्रति आकर्षित भएको बताए ।

अभिनेत्री सुस्मिता बम्जनले नेपालका लागि नयाँ भए पनि सामुयल डाइरेक्ट ब्रान्डका होम एप्लाएन्स युरोपीयन बजारमा निकै चर्चित रहेको बताइन् । व्यावसायिक सज्जाले बिस्तारै देशका अन्य शहरमा पनि शो रुम बिस्तार गर्ने योजना रहेको सुनाइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu