फाल्गुण नौ मा ‘झोले’ | दयाहाङ्को कमेडी अवतार



jhole-press-meety
ठुलोपर्दा डटकम, काठमाण्डौ।
दिपेन्द्र के खनालको निर्देशनमा बनेको ‘डार्क कमेडी’ चलचित्र ‘झोले’ आगामी फाल्गुण ९ गतेबाट देशब्यापी प्रदर्शनमा आउने भएको छ । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा यो चलचित्रको निर्माण युनिटले आफ्नो चलचित्र पुर्णतः सफल हुने तथा दर्शकले मन पराउने विश्वास सहित फाल्गुन ९ गतेको लागि प्रदर्शनको मिती घोषणा गरेको हो ।

सो कार्यक्रममा निर्देशक खनालले पछिल्लो समय नेपाली चलचित्रको बजार खस्किईरहेको बेलामा प्रदर्शनमा आउन लागेको आफ्नो चलचित्र दर्शकको लागी राम्रो खुराक बन्ने दाबी गरे । सो कार्यक्रममा चलचित्र ‘झोले’को नयाँ प्रोमो तथा पोस्टर पनि सार्वजनिक गरिएको थियो ।

‘आश्मा फिल्मस्’को ब्यानरमा बनेको यो चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की मुख्य भुमिकामा छन् । यो चलचित्रलाई नव निर्माता टेकेन खड्काले निर्माण गरेका हुन् ।

पुरुषोत्तम प्रधानले खिचेको चलचित्रमा संगीत हरी लम्साल र अनुपम शर्माको रहेको छ भने नृत्य निर्देशन रेनशा राई र निलु डोल्मा शेर्पाले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu