लन्ठु हर्केको घर बनाउने सपना | झोले बनेर टोल-टोलमा | भिडियो



lanthu-harke-jhole
ठुलोपर्दा डटकम, काठमाण्डौ।
 ‘काम धन्दा केहि नगरी तास खेलेर बस्ने हर्के खाना खाने बेलामा आमाले गाली गरेपछि विदेश गएर फर्केपछि छिमेकीको भन्दा ठुलो घर बनाउने आश्वासन बाँड्छ। आफ्नो नाम समेत झुट बताउने कमला पनि हर्केकै पाराकी छे। गोली नभएको पेस्तोल देखाएर तर्साउँदै हिड्ने भंगेरी डन पनि बेरोजगार छ। उसले पनि नाम ढाँट्ने गरेको छ। त्यहि कारण कमलाले जस्तै पिटाई खाने गर्छ। विदेश हिँडेको हर्के सम्भवत बीचैमा झोले बन्न बाध्य हुन्छ।’

मंगलवार सार्वजनिक चलचित्र ‘झोले’को नयाँ ट्रेलर हेर्दा यस्तै बुझिन्छ। एक मिनेट चालिस सेकेण्ट लामो सो ट्रेलर सार्वजनिक कार्यक्रममा ‘प्रेस डिमाण्ड’ पछि दोहोर्याएर हेरिएको थियो। कार्यक्रममा नायक दयाहाङ् राई उपस्थित थिए तर नायिका प्रियांका कार्की भने देखा परिनन्। निर्देशक दिपेन्द्र के खनाल, निर्माता टेकेन खड्का लगाएतले चलचित्रमा भरपुर मेहनत गरेको र आशा पनि गरेको बताए। सो कार्यक्रममा गायक राजेश पाएल राईको पनि सहभागिता थियो।

दिपेन्द्र के खनालको निर्देशन तथा टेकेन खड्काको निर्माण रहेको ‘झोले’को कथा शान बस्न्यातले लेखेका हुन्। दयाहाङ् राई, प्रियांका कार्की, ए गुरुङ्, शिशिर राणा, शंकर आचार्य, माधव आचार्य आदिको अभिनय रहेको छ। हरि लम्साल र अनुपन शर्माको संगीत रहेको ‘झोले’का गीतमा राजेश पायल राई, रजिना रिमाल र अनुपम शर्माको स्वर तथा भुपेन्द्र खड्का र दयाहाङ् राईका शब्द रहेका छन्। चलचित्रलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका छन्।

Watch The Trailer:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu