संयमको पुन्टी बनिन् एन्जिला | सोमवारबाट ‍पुन्टे परेड खेल्ने



punte-pared
बैकुण्ठराज पराजुली, काठमाडौँ ।
यसअघि आई.एम.सरी’ चलचित्र निर्माण गरेका निर्माता हरी महत्तले साहान मुभी मेकरको ब्यानरमा नयाँ चलचित्र निर्माणको घोषणा भएको छ । आगामी सोमवार बाट फ्लोरमा जाने गरी बुधवार राजधानीमा ‘पुन्टे परेड’ नामक चलचित्र निर्माण को घोषणा गरिएको हो ।

यो चलचित्रलाई यसअघि अपबाद नामक सफल चलचित्र निर्देशन गरेका निर्देशक सुबास कोइरालाले निर्देशन गर्ने छन् । बिशेषत: १७/१८ बर्षको उमेरमा किशोर किशोरीहरुले देख्ने सपना साथै त्यो उमेरको अबस्थामा उनीहरुले साथीहरुमाझ तथा समाजमा आफ्ना इच्छा, चाहना पुरा गर्न के के सम्म गर्छन भन्ने कुरा यो चलचित्रमा मुख्यत:प्रस्तुत हुने निर्माण युनिटले जानकारी दिएको छ ।

‘पुन्टे परेड’ मा पुन्टेको भूमिकामा युवा कलाकार संयम पुरी देखिनेछन भने संयमसँगै नयाँ कलाकार एन्जिला दाहाल अपोजिट क्यारेक्टर (पुन्टी) को रुपमा देखिने छन् । साथै यो चलचित्रमा संयम र एन्जिलासँगै रविन्द्र खड्का, गीता अधिकारी, स्वेता थापा, नट्टु शाह लगाएतको अभिनय रहनेछ । भने नायिका प्रियंका कार्कीको पनि बिशेष भूमिका रहने बताईएको छ ।

शान बस्न्यातको लेखनमा तयार हुन् लागेको यो चलचित्रलाई बाबु श्रेष्ठले खिच्ने छन् । चलचित्रमा संगीत भने तारा प्रकाश लिम्बु र टेक नन्द लामाको रहने छ ।
चलचित्रमा हरेक व्यक्तिको किशोराबस्थाको ऐनाको बारेमा बर्णन हुने निर्माण युनिटले विश्वास लिएको छ । जहाँ किशोर किशोरीले गर्ने कल्पना, देख्ने आशा/ अभिलाषा हरु समेटिने छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu