ओस्कार अवार्ड : ‘द सेप अफ वाटर’ उत्कृष्ट चलचित्र



सोमवार घोषणा गरिएको यो बर्षको ९० औँ ‘ओस्कार अवार्ड’ मा सर्वोत्कृष्ट चलचित्रको पुरस्कार गुइलेर्मो डेल तोरो निर्देशित ‘द सेप अफ वाटर’ ले जितेको छ ।

अमेरिकाको लस एन्जलसमा सम्पन्न अवार्ड कार्यक्रममा ‘डार्केस्ट आवर’ बाट ग्यारी ओल्डम्यानले उत्कृष्ट अभिनेताको अवार्ड उचाल्दा ‘थ्री बिलबोर्दस आउटसाइड दि एबिङ, मिजौरी’ बाट फ्रान्सेज म्याकदोर्मेडले उत्कृष्ट अभिनेत्रीको ओस्कार अवार्ड उचालिन् ।

ओस्कारको क्रममा बलिउडका दुई चर्चित कलाकार श्रीदेवी र शशि कपूरको सम्झना गरिएको थियो । इभेन्टमा मेमोरियन सेग्मेन्टमा ओस्करले यस वर्ष दुनियाँबाट अलविदा भनेका सबै कलाकारलाई श्रद्धाञ्जली दिएको छ ।

कस-कसले जिते ९० औँ ओस्कर अवार्ड ?

उत्कृष्ट चलचित्र : द सेप अफ वाटर

उत्कृष्ट निर्देशक : गुइलेर्मो डेल तोरो-द सेप अफ वाटर

उत्कृष्ट अभिनेता : ग्यारी ओल्डम्यान, डार्केस्ट आवर

उत्कृष्ट अभिनेत्री : फ्रान्सेज म्याकदोर्मेड, थ्री बिलबोर्दस आउटसाइड दि एबिङ, मिजौरी

उत्कृष्ट सह-अभिनेता : साम रकवेल- थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिसौरी

उत्कृष्ट सह-अभिनेत्री : एलिसन जाने- आइ टोन्या

उत्कृष्ट विदेशी भाषाको चलचित्र : अ फ्यान्टास्टिक उमन-चिली

उत्कृष्ट एनिमेसन फिचर : कोको

उत्कृष्ट भिज्वल इफेक्ट : ब्लेड रनर

उत्कृष्ट सम्पादन : डनकर्क- लि स्मिथ

उत्कृष्ट एनिमेसन, सर्ट चलचित्र : डियर बास्केट

उत्कृष्ट सर्ट फिल्म लाइभ एक्सन : द साइलेन्ट चाइल्ड

उत्कृष्ट सर्ट वृत्तचित्र : ह्वेन इज अ ट्राफिक जाम अन द ४०५-इडिथ एण्ड एडी

उत्कृष्ट प्रोड्क्सन डिजाइन : द सेप अफ वाटर

उत्कृष्ट कस्टियूम डिजाइन : फ्यान्टम थ्रेड-मार्क बिर्जेस

उत्कृष्ट मेकअप तथा हेयर स्टाइलिङ : डार्केस्ट आवर-काजुहिरो सुजी, डेभिड मालिनोस्की तथा लुसी सिबिक ‍

उत्कृष्ट वृत्तचित्र, फिचर : इकारस

उत्कृष्ट ध्वनी सम्पादन : डनकर्क- रिचर्ड किङ, एलेक्स गिब्सन

उत्कृष्ट ध्वनी मिश्रण : डनकर्क

उत्कृष्ट पटकथा, एडेप्टेसन : जेम्स आइभोरी-कल मि बाइ योर नेम

उत्कृष्ट पटकथा, ओरजिनल : जोर्डन पिल, गेटआउट

उत्कृष्ट सिनेम्याटोग्राफी : रोजर ए डिकेन्स, द ब्लेड रनर २०४९

उत्कृष्ट पार्श्व ध्वनी : इलेक्जेन्द्रे डेसप्लाट -द सेप अफ वाटर

उत्कृष्ट चलचित्र गीत : रिमेम्बर मी-कोको

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu