बिनिता ज्यू, अरिंगाल जिस्क्याउँदा के हुन्छ ?



beenita
श्यामसुन्दर गिरी, काठमाण्डौ। 
चपली गर्ल बिनिता बराल छोटो अवधीमा चर्चामा आए पनि खासै धेरै समय नेपाली रजतपटमा चम्किन सकिनन् । एउटै चलचित्र मात्र रिलिजमा आउँदा ह्वात्तै हाइट लिएकी बिनिताले जसरी चलचित्र उद्योगमा हाइट लिएकी थिइन् त्यसरीनै आफ्नो हाइट आँफैले दिनप्रती दिन घटाउँदै गइन् । ‘चपली हाइट’बाट लिएको उचाईलाई निरन्तरता दिन नसक्नुमा चलचित्र ‘फुल स्टप’ र ‘सुपरहिट’ले भूमिका खेल्यो ।

बिभिन्न आरोप प्रत्यारोप, लान्छना, विवाद झेल्दै सिने नगरीमा वामे सर्दै गरेकी बिनिताले आफ्नो जिन्दगीमा सपनामा पनि सोचेकी थिईनन् होला यसरी चलचित्रबाट चटक्कै पर हट्छु भनेर तर सोचेजस्तो कहाँ हुन्छ र ? समय उनको बसमा रहेन र अहिले उनले चलचित्र क्षेत्रबाट करिब हात धोईसकेको अवस्था छ । सम्भवत नायिका बरालको अझ पनि राम्रा चलचित्र र भिडियोमा काम पाए गर्छु भन्ने चाहना हुनसक्छ ।

चलचित्रबाट टाढा भएपछी उनी अहिले खेती किसानीको प्रिय बनेकी छिन् । बराल पूर्ण रुपमा कृषिफर्ममा समय बिताइरहेकी छिन् । यसरी एउटा पपुलर युवा जोश जागर समग्र कृषि पेशामा लाग्नु सकरात्मक सन्देश हो तथापी यसरी बुझ्ने भन्दा खण्डन गर्ने धेरै भएपछी पछील्लो समय बिनिता त्यस्ता खण्डनप्रती फ्रस्टेड बनेकी छिन् । केही समय पहिला चलचित्रमा हुँदा जे/जसो गर्दा पनि समाचार लेख्थे तर कृषि पेशामा लागेपछी मिडियाले पनि वास्ता नगरेको भन्दै फेसबूक मार्फतनै आफ्ना गुनासा पोखेकी थिइन् । समाचार लेखेनन् भन्ने उनले यदाकदा उनका बारे समाचार छापिएपछि झन् आक्रोशित मुद्रामा देखिईन्। उनले शनिबार मात्रै पुन:फेसबुक मार्फत आक्रोश व्यक्त गरेकी छिन् ।

उनले लेखेकी छिन् ”फिल्म लाइन मा बिरक्तिएर तरकारी खेति मा लागेकी बिनिता’ यस्तो समाचार देख्दा मलाई मात्र होइन सायद सबै नेपाली किसान हरुलाई रिस उठ्छ होला..मेरो बारेमा जति लेख्नु छ तपाई पत्रकार महाशय पुग्ने गरेर लेख्नुस … तर कृषि बिरक्तिएर वा कुनै ठाउबाट हारेर लाग्ने क्षत्र होइन … कृषि मा बुद्दिमानी, पढेलेखेका र सायद तपाई भन्दा सफासुग्गर लुगा लगाउने मान्छेहरु पनि छन्.. आइन्दा यस्तो समाचार लेख्नु अगी किशान हरु को एकता र क्षमता बारे याद भया ….म किसान हुन बिरक्तिएर आको होइन, मेरो बुद्दी ले भ्यायो यस्तो कुरा बुद्दिमानी ले मात्रै बुज्छ तपाई जस्तो मुर्ख पत्रकार ले होइन..’

बरालको यो आक्रोश र धम्की कुन पत्रकार तथा मिडियाको लागि हो भन्ने कुरा स्पस्ट हुन सकेन र यसै बिषयमा बुझ्न खोज्दा उनि सम्पर्कमा रहन सकिनन् । सञ्चार माध्यमले नै ‘बिनिता बराल’ बनाईदिएकी ‘चितवनकी सामान्य केटी’ सञ्चारसँग नै यसरी दुश्मनी मोल्नुले उनको चलचित्रको भविष्य त अप्ठेरोमा पर्‍यो नै उनको कृषी जीवनलाई पनि यो मानसिकताले पक्कै अप्ठेरो पारेको छ ।

उनको कृषी बजार बिना सञ्चारमाध्यम पर्याप्त छैन। ‘अरिंगालको झुण्डको कुनै सदस्यलाई चोट पुर्‍याउँदा कसरी खेदिनु पर्छ’ एकपटक सम्झिनै पर्ने देखिन्छ । बिनिताको स्टाटस कुनै एक सञ्चार माध्यम या पत्रकार लक्षित भएपनि त्यसको धक्का नेपाली पत्रकारिलाई नै लागेको छ। यसकारण आक्रोशमा सम्हालिन नजान्ने हो भने बिनिताको नाम खेत-बारीको छेउछाउमै सिमित नहोला भन्न सकिँदैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu