काठमाण्डौमा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव सुरु



Kimff
ठुलोपर्दा डटकम, काठमाडौं।
 राजधानीमा बुधवारदेखि अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ ) सुरु भएको छ । ३० गतेसम्म चल्ने महोत्सवमा ५० मुलुकबाट ३०० वटा चलचित्र प्रदर्शन हुदैछन । भने नेपालमा बनेका ५५ वटा चलचित्र समावेश हुँदैछन् ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वोत्कृष्ट तीनवटा चलचित्र छनौट हुने र विजयी प्रथम, द्वितीय र तृतीय चलचित्रलाई क्रमशः एक हजार ५००, एक हजार तथा ५०० अमेरिकी डलर पुरस्कार दिइने महोत्सव आयोजक संस्था किम्फका अध्यक्ष बसन्त थापाले जानकारी दिए ।

नेपाली खण्डको नेपाली प्यानोरामातर्फ सर्वोत्तम डकुमेन्ट्रीलाई २५ हजार र कथानक चलचित्रतर्फ २५ हजार पुरस्कार दिइनेछ । त्यस्तै अफगानिस्तान, बंगलादेश, भुटान, चीन, भारत, म्यान्मार, नेपाल तथा पाकिस्तानी क्षेत्रका सदस्य राष्ट्रका चलचित्र निर्मातालाई सहयोग गर्न एकीकृत अन्तराष्ट्रिय पर्वतीय विकास केन्द्र(इसिमोड)ले एक हजार अमेरिकी डलरको पुरस्कार राखेको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu