केकी र अविनाशको ब्रेकअपमा बाबुको इन्ट्रि | भिडियो



ठुलोपर्दा डटकम, काठमाण्डौ। ‘ह्वाई डिड यु प्ले विद मी ?’ अविनाशको आवाज केकीको कानमा परेलगत्तै भावबिह्वल भएकी छिन्। अतितलाई सम्झँदै पागलसरी बन्नु उनको दिनचर्या हो। यस्तै-यस्तै समयमा बाबुको प्रवेश भएको छ। सम्भवत केकीको ‘ब्रोकन हर्ट’ बाबुले सम्हाल्नेछन्, अविनास पश्चातापमा रुमलिईरहनेछन्।

keki-biteka-pal-sad

बुधवार सार्वजनिक चलचित्र ‘बितेका पल’को ओएसटी (ओरिजिनल साउण्ड ट्रयाक) ‘यो जुनीको जीवनसाथी …’को दृश्य हेरिसकेपछि यस्तै अनुमान लगाउन सकिन्छ। निर्माता समेत रहेका राजेश घतानीका कारुणिक शब्द, रोशन लामाको संगीत तथा जिना रसाईलीको स्वर, केकी अधिकारी, अविनाश गुरुंग र बाबु बोगटीको अभिनयले कतै न कतै धेरैको जीवनसँग मेल खाने महशुस गर्न बाध्य तुल्याएको छ।

प्रोमोको चर्चासँगै प्रतिक्षारत बनेको चलचित्र ‘बितेका पल’ पुष २६ मा रिलिजको पर्खाइमा छ। सुरज सुब्बा नाल्बो निर्देशित सो चलचित्र पूर्णतया प्रेमकथामा आधारित रहेको बताईएको छ। यसअघि ‘बाटोमुनीको फुल’ बनाएका राजेश घतानीले सो चलचित्रको वाहवाहीले आफुलाई त्यो भन्दा राम्रो बनाउन प्रेरित गरेकोले ‘बितेका पल’को जन्म भएको बताए। घतानीले युएसमा बस्ने क्रिश रिजालसँग मिलेर लगानी गरेका छन्।

Watch the song:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu