नविनसँग अशिष्माले कसिन् लगनगाँठो



अभिनेत्री अशिष्मा नकर्मीले सोमवार बानेश्वरका नविन प्रधानसँग लगनगाँठो कसेकी छिन् । पारिवारिक जमघटकामाझ कालिमाटी स्थित एक बैंकेटमा उनीहरुको नेवारी परम्परा अनुसार विवाह भएको छ ।

एक हप्ताको चिनजानमा यी दुईले विवाह गर्ने निधो गरेका थिए । पेशाले चार्टर्ड अकाउन्टेन्ट रहेका नविन अमेरिकामा बस्दै आएका छन् । उनी अशिष्मामा भाइको साथी हुन् ।

नेवारी चलचित्र र म्युजिक भिडियोमा राम्रो पहिचान बनाएकी अशिष्मा सन् २००३ बाट नेपाली चलचित्र क्षेत्रमा सक्रिय छिन् ।

चलचित्र ‘अन्तराल’ बाट डेब्यु गरेकी उनले ‘अर्धकट्टी’, ‘राघव’, ‘तोरी लाउरे’, ‘लभ यु बाबा’, ‘बाटो मुनिको फूल २’, ‘संरक्षण’ लगायत फिल्ममा अभिनय गरेकी छन् ।

अशिष्मालाई ठूलोपर्दा डटकमको तर्फबाट सफल दाम्पत्य जीवनको शुभकामना !

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu