मानव अधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सवमा ‘बधशाला’ देखा‌ईने



badhshala
ठुलोपर्दा डटकम, काठमाण्डौ।
‘मान्या मानव अधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सव’मा मनोज पण्डित निर्देशित नेपाली चलचित्र ‘बधशाला’ देखा‌ईने भएको छ। सो महोत्सवको आधिकारिक वेबसाईटमा उल्लेख भएअनुसार १४ डिसेम्वरमा एनटि/मेन अडिटरियममा बिशेष प्रदर्शन हुनेछ।

२०११ मा बनेको ‘वधशाला’ १०४ मिनेट लामो चलचित्र हो। राज्यसत्ता, सैनिक र बन्दीको जिवनमा आधारित यस चलचित्रले मानव अधिकारको पक्षमा वकालत गरेको छ। तत्कालिन विद्रोही माओवादी र सरकार बीचको युद्दमा पक्राउ परेर जेल पुगेका विद्रोहीलाई सैनिकले गर्ने ब्यबहार र कैदी राख्ने जेल कसरी ‘वधशाला’ बन्न पुगेको थियो भन्ने बिषय सो चलचित्रमा पाईन्छ। यो चलचित्र नेपालमा रिलिज भइसकेको छ।

स्म्यासिङ् एप्पलको प्रस्तुतीमा बनेको ‘बधशाला’मा अनुप बराल, सौगात मल्ल, दयाहाङ् राई, अर्पण थापा, खगेन्द्र लामिछाने, सरिता गिरी, समुना केसी लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu