‘मुटु’ र ‘दब्दबा’लाई माघ दश को चटारो



ठुलोपर्दा डटकम, काठमाण्डौ। नेपाली रजतपटमा प्रायः आशा गरिएका भनिएका कतिपय चलचित्रहरुले समेत राम्रो व्यापार गर्न नसकेपछी त्यो रोगबाट बच्न पटक-पटक तर्किएको नेपाली चलचित्र ‘दब्दबा’को निर्माण युनिट अब भने आगामी माघ १० गते चलचित्र प्रदर्शन गर्ने मनस्थितीमा पुगेको छ । गत २०६९ सालमा नै प्रदर्शनको मिती तोकिएको यो चलचित्रको प्रदर्शन मिती बिभिन्न प्राबिधिक कारण देखाउँदै पटक पटक सारिँदै आईएको थियो ।

dabdaba
एम.एस.अग्रजको लेखन तथा निर्देशन रहेको यो चलचित्रलाई रत्नप्रसाद श्रेष्ठले निर्माण गरेका हुन् । यो चलचित्र मार्फत नै गायिका कोमल ओलीलाई पहिलो पटक निर्देशक अग्रजले नेपाली चलचित्र नगरीमा नायिकाको रुपमा डेब्यु गराएका थिए । स्मरण रहोस कोमलले अभिनय गरेको अर्को चलचित्र ‘राजनीति’ भने यसअघी नै प्रदर्शनमा आईसकेको छ । यो चलचित्रमा कोमल सँगै बिशाल पोखरेल, गणेश उप्रेती, आरजु अधिकारी, अनुप थापा, विरास बाबु शाही, बिष्णु मोक्तान, पंकज शर्मा लगायतले अभिनय गरेका छन ।

यो चलचित्रमा २१ औं सताब्दीमा आइसक्दा पनि समाजमा व्याप्त बलात्कार जस्तो जघन्य अपराधको बिरोधमा सशक्त रुपमा आवाज उठाईएको निर्देशक अग्रजले बताएका छन । राजीब मानन्धरले खिचेको यो चलचित्रमा समावेश गराईएका गीतहरुमा लोकराज अधिकारीको शब्द तथा संगीत यादव योगीको रहेको छ । चलचित्र ‘दब्दबा’मा द्वन्द्व निर्देशन देव महर्जनको रहेको छ ।

यसैबीच, माघ १० गते अर्को नेपाली चलचित्र ‘मुटु’ पनि प्रदर्शनमा आउने भएको छ । यो चलचित्र एभरेष्ट सुर्य बोहराको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र हो । भने यो चलचित्रको कार्यकारी निर्माता बिष्णुमाया गुरुङ हुन् । यसअघि सुपर हिट चलचित्र ‘अग्नी परिक्षा’ र ‘कान्छा’ लेखन/निर्देशन गरेका बोहरा १४ बर्षपछि पुनः निर्देशनमा आएका हुन्।

mutu
प्रतिक्षित जोडी बिमलेश-केकी अधिकारीको प्रेमकथा ‘मुटु’मा पाईनेछ। यो चलचित्र मुकेश आचार्यको पनि अभिनय रहेको छ।

शेर बहादुर लामाले खिचेको यो चलचित्रमा संगित बसन्त सापकोटा र सुरेन्द्र शाहको रहेको छ । यो चलचित्र बिशुद्ध प्रेम कथामा आधारित रहेको बताईएको छ । चलचित्रमा द्वन्द्व भने सुर्य थोकरको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu