सेक्स टेप सार्वजनिक भएपछि आत्महत्या | आयो ‘डिभोर्स’ फर्ष्ट लुक



divorce-1stठुलोपर्दा डटकम, काठमाण्डौ। माया जालमा परेपछि शारिरिक सम्बन्ध राख्न बाध्य उनको सेक्स टेप उनकै व्यायफ्रेण्डले बनाए। व्यायफ्रेण्ड यतिसम्म चतुर थिए की उनले प्रेमिकाको मात्र अनुहार आउने गरि भिडियो खिचेका थिए।

बिहिवार ठुलोपर्दा डटकमबाट सार्वजनिक नेपाली चलचित्र ‘डिभोर्स’को १५ सेकेण्ड लामो फर्ष्ट लुक प्रोमो हेर्दा त्यसपछि आत्महत्याको दृश्य देखिएको छ। सामान्य अनुमानमा सेक्स टेप बाहिरिपछि प्रेमिकाले आत्महत्या गरेको अनुमान गर्न सकिन्छ। यो चलचित्र चैत्र २१ मा रिलिज हुँदैछ।

यसअघि ‘उर्वशी’ निर्देशन गरेका मनिष पन्थले आफ्नो चौथो चलचित्र स्वरुप ‘डिभोर्स’ निर्देशन गरेका हुन्। श्रीनगर फिल्म्स प्रा.लि.को ब्यानरमा रोहित पुरी र मिन प्रसाद श्रेष्ठले यो चलचित्रलाई बनाएका हुन्। यो चलचित्रमा लेखन तथा छायांकन समेत निर्देशन पन्थकै रहेको छ।

किशोर श्रेष्ठ, आभास अग्रहरी, प्रदिप ढकाल, बिनिता रम्तेल लगाएतका कलाकारहरुको अभिनय रहेको सो चलचित्रमा विशाल हुमागाईँ र कृष्ण भण्डारीको संगीत, सानुकुमार महर्जनको द्वन्द्व, रोशन लामिछानेको सम्पादन तथा किरणराज थापाको कलर करेक्शन रहेको छ।

Watch the promo:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu