चोभार पहिलो फिल्मसिटी बनाईनुपर्छः मानन्धर



rambir
ठुलोपर्दा डटकम, काठमाण्डौ।
गत मंसिर ४ मा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा बिजयी भएका नेपाल चलचित्र संघका सल्लाहकार तथा अष्टनारायण चलचित्र मन्दिर बालाजुका सञ्चालक रामविर मानन्धरले ‘फिल्म सिटी’को लागि काठमाण्डौको चोभारलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। नेपाल चलचित्र संघले बिहिबार राजधानीमा गरेको सम्मान कार्यक्रममा बोल्दै मानन्धरले उनान्सय प्रतिशत चलचित्र क्लाईमेक्स छायांकन हुँदै आएको चोभार जस्तो उत्तम फिल्म सिटी अर्को नहुने जिकिर गरे। उनले देशका हरेक शहरमा फिल्म सिटी बनाउन आफुले पहल अघि बढाउने प्रतिवद्दता व्यक्त गरे।

नेपाली चलचित्र उद्योग नाममा मात्र सिमित भएको र कामकाजी हुनुपर्ने मानन्धरको भनाई थियो। त्यसका लागि सरकारले उपलब्ध गराउने रकम ज्यादै न्युन भएकोले बढाउन पहल गर्ने आश्वासन दिए। नेपाली चलचित्र स्थापित हुन नसकेको भन्दै विश्वका हरेक कुनामा नेपाली चलचित्र पुग्नु पर्ने पनि उनको भनाइ थियो। उनले नेपाली फिल्मलाई संविधानमा सम्बोधन गर्न प्रयत्न समेत गर्ने बताएका छन्।

सम्मान कार्यक्रममा नेपाली चलचित्रसँग सम्बन्धित संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधीको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu