यो साताको ‘सौर्य’सँग थियटर नातेदार कलाकारको भविष्य



बैकुण्ठराज पराजुली, काठमाण्डौ। यदि कुनै पात्रले अभिनय गरेको चलचित्र सफल हुन्छ, भने त्यो पात्रलाई अन्य निर्माता तथा निर्देशकले आफ्नो चलचित्रमा अभिनय गराउन उत्सुकता देखाउनु स्वभाविक हो । यो कुराको कटु उदाहरण हुन ‘लुट’ चलचित्रबाट ठुलोपर्दामा डेब्यु गर्दै ‘हाकु काले’ पात्रको माध्यम मार्फत दर्शकमाझ राम्रो प्रभाव पारेका कलाकार सौगात मल्ल । तर सौगातले अभिनय गरेका ‘लुट’पछि प्रदर्शनमा आएका प्रायः चलचित्रले सफलता प्राप्त गर्न समेत सकेका छैनन ।

यो क्रम चलिरहँदा सौगातले अभिनय गरेको चलचित्र ‘सौर्य’ यो हप्ताको लागी शुक्रबार देखी देशभर प्रदर्शनमा आएको छ । यो चलचित्रमा कुनै समय नेपाली चलचित्रमा एकछत्र राज गरेका नायक राजेश हमालसँगै सौगात मुख्य भुमिकामा देखिंदैछन् ।

saugat
‘सौर्य’मा सौगात मल्ल ‘सुपरहिरो क्यारेक्टर’मा देखिने निर्माण युनिटले बताएको छ । पछिल्लो समय एक्लै प्रदर्शनमा आएको चलचित्र ‘लोफर’ले सोचेनुसार सफलता हासिल गर्न नसकिरहेको अबस्थामा एक्लै प्रदर्शनमा आएको यो चलचित्रलाई पनि दर्शकले कसरि लिन्छन् भन्ने कुरा पनि धेरै चलचित्रकर्मीको मानसपटलमा छ । सिङ्गल थियटरका कलाकार दयाहाङ् राईले लिड रोलमा अभिनय गरेको चलचित्र लोफर हो । त्यसैले पनि सोही पृष्ठभुमीबाट नेपाली रजतपटमा भित्रिएका अर्का कलाकार सौगातलाई दर्शकले कसरी लिन्छन भन्ने कुरो जोडिएको हो ।

हाकिम इन्टरटेनमेन्टको प्रस्तुती निर्माण भएको चलचित्र ‘सौर्य’मा राजेश हमाल र सौगात संगै हेमा श्रेष्ठको पनि मुख्य भूमिका छ । सुरेन्द्र गुरुङ (हाकिम) को लगानीमा बनेको यो चलचित्रलाई दीपबिम बस्नेतले निर्देशन गरेका हुन । हेरौं पछिल्लो समय कुनैपनि चलचित्रले व्यवसायिक सफलता हासिल गर्न नसकिरहेको समयमा प्रदर्शनमा आएको यो चलिचत्रलाई दर्शकले कसरी लिन्छन भन्नेमा नै सौगात मल्ल जस्ता कलाकारहरुको करियरको भविष्य छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu