अनामिका हिरोइन, मञ्जु र सञ्जुलाई छात्रवृत्ती | फिमेल इन फिल्म



anamika-sth
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपालको एकमात्र चलचित्र सम्बन्धी पढाई हुने क्याम्पस ‘ओस्कार इन्टरनेशनल कलेज’ र ‘क्या राम्रो डटकम’को आयोजनामा सम्पन्न प्रतियोगिता ‘फिमेल इन फिल्म’बाट अनामिका श्रेष्ठ नायिका बन्ने भएकी छिन्। श्रेष्ठले जीवनसाथी फिल्म्सले निर्माण गर्ने चलचित्रमा नायिकाको अवसर पाउनेछिन्।

शुक्रवारको अन्तिम निर्णयबाट मञ्जु देवकोटा र सञ्जु तामाङले ओस्कार कलेजमा चलचित्र अध्ययन गर्न जनही दुई लाखको छात्रवृत्ती पाएका छन्। राजेश गोंगजु, अशिम चित्रकार, विनोद पौडेल र दीपक आचार्यको निर्णायक टोलीले निर्णय गरेको थियो।

नेपाली चलचित्रमा महिला कलाकर्मीको सहभागिता बलियो र अर्थपूर्ण होस् भन्ने हेतुले सो प्रतियोगिता आयोजना गरिएको बताईएको छ। प्रतियोगिताबाट क्याराम्रो डटकमको लागि ब्राण्ड एम्बास्डरको रूपमा ओम्निका डंगोल र रोजिना थापा छनौट गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu