बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको ६७ वर्षको उमेरमा सोमबार साँझ निधन भएको छ ।
लामो समयदेखि क्यान्सर पीडित यशोदाले सोमबार राति १०ः४५ बजे हरिसिद्धीको क्यान्सर अस्पतालमा अन्तिम स्वास फेरेकी हुन् ।
यशोदा पहिले आन्द्रा, त्यसपछि फोक्सो र पछिल्लो समय मेरुदण्डको क्यान्सर पीडित थिइन् ।

२०३० सालमा सूर्यविनायक मन्दिरमा मदनकृष्णले यशोदासँग परिवारको मञ्जुरीमा अन्तर्जातीय विवाह गरेका थिए । यशोदाका दुई सन्तान छन्- यमन र सरना ।
निधनको खबरलगत्तै अस्पतालमा श्रद्धान्जली दिन आफन्त, शुभचिन्तक र कलाकारहरुको भीड लागेको थियो । सुवेदीको मंगलवार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिदैछ ।





