पत्नीको अन्त्येष्टिमा भावविह्वल बने मदनकृष्ण (भिडियो)



चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको मंगलवार दिउँसो १२ बजे पशुपतिको आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । यशोदालाई छोरा यमन श्रेष्ठले दागवत्ती दिए ।


लामो समयदेखि क्यान्सर पीडित यशोदाले सोमबार राति १०ः४५ बजे हरिसिद्धीको क्यान्सर अस्पतालमा अन्तिम स्वास फेरेकी थिइन् ।

पशुपतिको आर्यघाटमा श्रीमतिलाई सम्झिएर मदनकृष्णले आँशु रोक्न सकेका थिएनन् । उनलाई बरिष्ठ हास्यकलाकार हरिवंश आचार्य र केही आफन्तहरुले सम्हालिरहेका थिए । मदनकृष्ण भावविह्वल हुँदा हरिवंशले पनि आफूलाई सम्हाल्न सकेनन् ।


पशुपतिमा यशोदालाई श्रद्धान्जली दिन आफन्त, शुभचिन्तक र कलाकारहरुको भीड लागेको थियो । यशोदाका दुई सन्तान छन्- यमन र सरना ।


२०३० सालमा सूर्यविनायक मन्दिरमा मदनकृष्णले यशोदासँग परिवारको मञ्जुरीमा अन्तर्जातीय विवाह गरेका थिए ।

‘ठूलोपर्दा’ परिवार स्वर्गीय यशोदा सुवेदीको शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu