चैत २३ गतेबाट प्रदर्शनमा आउन लागेको तेस्रो चलचित्र ‘तिमीसँग’ को पब्लिसिटीमा व्यस्त अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह ‘एजुकेशन एण्ड माइग्रेसन कर्नर’ को ‘ब्राण्ड एम्बेस्डर’ का रुपमा नियूक्त भएकी छिन् ।
उनलाई एक बर्षका लागि एजुकेशन एण्ड माइग्रेसन कर्नरले नियूक्त गरेको हो । अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको यो संस्था काठमाडौंको पुतलीसडकलगायत अन्य शहरहरूमा रहेको छ ।

अभिनेत्री शाहले एजुकेशन क्षेत्रमा आफ्नै बिशिष्ट पहिचान बनाएको संस्थासँग आबद्द हुन पाउँदा खुसी महशुस गरेको बताइन् । अब उनले ‘एजुकेशन एण्ड माइग्रेसन कर्नर’ का बिभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउने छिन् ।
साम्राज्ञी शाह जस्तो प्रतिभाशाली अभिनेत्रीलाई आफ्नो संस्थाको अंग बनाउन पाएकोमा गौरवान्बित महशुस गरेको ‘एजुकेशन एण्ड माइग्रेसन कर्नर’ का प्रमुख सुनिल उप्रेतीले बताए ।





