चितवनकै जेठो चलचित्र हलमा नयाँ प्रविधी सहित क्षमता विस्तार



हरि कार्की ‘लक्की’, चितवन। बढ्दो सिने बजारलाई ध्यानमा राख्दै चितवनकै जेठो चलचित्र हल गणेश चित्र मन्दिर प्रालीले आफ्नो क्षमता विस्तार गरेको छ । पछिल्लो समय चितवनका हलहरुप्रति दर्शकहरुको व्यापक ग’नासाहरु आउन थालेपछि गणेश चित्र मन्दिर प्रालीले नयाँ प्रोजेक्टरसहित नयाँ स’विधाहरु थप गरेको हो । बिशेषगरी यहाँका हलको भौतिक र प्राविधिक पक्षमा दर्शकहरुको गुनासो सुन्ने गरेको भएपनि अब भन्ने यस्ता गुनासाहरु क्रम हुने हल व्यवस्थापन समितिले विश्वास लिएका छन् ।

चलचित्र हल व्यवस्थापन समितिले पाँच हजार पाँच सय ल’बिन्स क्षमताको नयाँ प्रोजेक्टर, ५ दशमलब १ क्षमताको डिजिटल साउण्ड जडान गरेको जनाएको छ । साथै हलमा नयाँ सिटको समेत व्यवस्था गरिने हल संचालक सुनिल कर्माचार्यले बताउनुभयो । विं.स. २०४४ सालमा स्थापाना गरिएको सो हलको हाल ७ सय १७ सिट क्षमता रहेको छ । दर्शकको मागलाई मध्यनजर गर्दै गणेश चित्र मन्दिरले अन्य सुविधाहरुलाई समेत विस्तार गरेको छ । उच्चस्तरको सेवा प्रदान गर्नको लागि नयाँ-नयाँ प्रविधिको जडान कार्य जारी रहेको संचालक कर्माचार्यले बताउनुभयो ।

ganesh-hall
शनिबार देखि गणेश चित्र मन्दिरमा नयाँ प्रविधिको प्रयोगसंग नयाँ व्यवस्थापनका साथ सेवा प्रदान गर्दैछ । चितवनको ईतिहास बोकेको सो हलमा दैनिक हजारौँ दर्शकको भिड लाग्ने गर्दछ । गुणस्तरीय सेवा प्रदान गर्नको लागि थप लगानी बढाउने तयारी भएको हल संचालक कर्माचार्यले ठुलोपर्दालाई जानकारी दिनुभयो । हलको स्पेशल कक्षमा ५ सय ९ वटा र बालकोनीमा दुई सय ८ वटा सिट क्षमता रहेको छ । दर्शकको मागलाई ध्यानमा राख्दै सिट क्षमता र स्तरीय सिटको व्यवस्थ गर्ने तयारी भईरहेको बताएको छ ।

चितवनमा अहिले नारायणगढमा मात्र गणेश, जलमा र ईन्द्रदेव चलचित्र मन्दिर गरी तीन वटा हल सन्चालनमा रहेको छ । यस्तै पुर्बी चितवनमा रत्ननगरमा नारायणी र पर्सामा जनज्योती हल सन्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu