प्रधानमन्त्री ओलीसँग हमाल र डिसी भारत प्रस्थान



प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ३ दिने औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् ।

शुक्रबार बिहान ९ बजे नेपाल वायु सेवा निगमको विमानबाट प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन् ।

५४ सदस्यीय प्रधानमन्त्रीको भ्रमण दलमा अभिनेता राजेश हमाल र निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी पनि छन् ।

प्रधानमन्त्रीको राजकीय भ्रमणमा पहिलो पटक नेपाली चलचित्रकर्मीलाई सहभागी गराइएको हो ।

प्रधानमन्त्री ओली, पत्नी राधिका र मन्त्रीहरुलाई हैदरावाद हाउसमा बस्ने व्यवस्था मिलाइएको छ । हमाल र डिसीसहित अन्य सदस्यहरुलाई ताजमानसिंह होटलमा बस्ने व्यवस्था मिलाइएको छ ।

शनिवार साँझ प्रधानमन्त्री ओलीले बलिउडका चर्चित कलाकारसँग डिनर गर्ने कार्यक्रम छ । त्यहाँ हमाल र डिसीले नेपाली चलचित्र क्षेत्रको विषयमा बलिउड कलाकारलाई विस्तृतमा जानकारी गराउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu