नायक जीवन लुईटेललाई पुत्रलाभ | एक साता अस्पतालमा राखिने



jiwan-luitel
ठुलोपर्दा डटकम, काठमाण्डौ।
पछिल्लो समय नेपाली चलचित्रका व्यस्त नायक जीवन लुईंटेल बाबु बनेका छन । नायक जीवनकी जीवनसाथी अञ्जलीले शनिबार राति आफ्नो पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् ।

समय पुरा नहुँदै बच्चा जन्मेकोले बच्चाको तौल कम भएको कारण बच्चालाई करिब एक साता अस्पतालमा नै राखिने जीवनले जानकारी दिएका छन् । बच्चालाई अहिले राजधानीको बसुन्धरा बसुन्धारा स्थित इशान बाल अस्पतालमा एनएमसियूमा राखिएको छ । साथै उनले आमा र छोराको अवस्था सामान्य रहेको बताए ।

०६४ साल बैशाख २२ गते काठमाण्डौ निवासी अञ्जलीसँग प्रेम बिबाह गरेका जीवनले ६ बर्ष पश्चात छोरा जन्माएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu