राजदूत बन्दैछन् राजेश हमाल ?



गएको शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारत भ्रमणमा रहेका अभिनेता राजेश हमाल आइतवार स्वदेश फर्किएका छन् ।

भारत भ्रमणमा रहँदा उनले बलिउड अभिनेत्री अमिशा पटेल, जया पर्दा, अभिनेता गोविन्दाकी श्रीमति सुनितासँग पनि भेट गरेका छन् । उनले उक्त भेटको तश्बिर आफ्नो इन्स्टाग्राममा शेयर गरेका छन् ।

भारत भ्रमणको क्रममा अभिनेता हमालले राजदूत बन्ने आकांक्षा रहेको स्पष्ट संकेत गरेका छन् ।

एक मिडियासँगको कुराकानीमा उनले राजदूत बन्न प्रस्ताव आए ‘नाइँ भन्न’ नसक्ने बताएका छन् ।

उनले भने, ‘पिताजीको लिगेसी आफ्नो ठाउँमा छ । मलाई आजसम्म राजदूत बन्न त्यस्तो कुनै झिनो प्रस्ताव आएको छैन । प्रधानमन्त्रीज्यूले मसँग त्यो कोणबाट कहिल्यै कुरा गर्नु भएको छैन । तर मेरो भित्री इच्छा सोध्नुहुन्छ भने त्यो पाटो अंगाल्नै मन छैन चाहीँ भन्दिनँ ।’

उनी थप्छन्, ‘प्रत्यक्ष नभए पनि अप्रत्यक्ष, हिङ नभएपनि हिङ बाँधेको टालो हुँ म । केही कुटनीति स्वभाविक रुपमा बुझेको पनि छु। राष्ट्रको आवश्यकता अनुसार कुटनीतिक भूमिका निर्वाह गर्नसक्छु ।’

ओलीसँग भारत भ्रमणमा निस्कँदै गर्दा यतिबेला हमाललाई भारतको लागि नेपाली राजदूत बनाउन लागिएको चर्चा सुरु भएको छ । उनी पछिल्लो समय प्रधानमन्त्री ओलीसँग निकै नजिक छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu