नेपाली, अंग्रेजी सहित चार भाषामा ‘राघव’को ओएसटी | भिडियो



raghav-ost
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नायक राजबल्लभ कोईरालाको ब्यानरमा बनेको पहिलो चलचित्र ‘राघव’को ओरिजिनल साउण्ड ट्रयाक सार्वजनिक गरिएको छ। सोमवार अबेर सार्वजनिक सो गीतमा सञ्जिव सिंहको शब्द, संगीत तथा स्वर रहेको छ भने चलचित्र मूख्य सबै पात्र देख्न सकिन्छ।

‘तिम्रो त्यो बोलीले मलाई बोलायो, मिठो तिम्रो त्यो आवाजले मलाई झुलायो-झुलायो …’ बोलको सो गीतमा अंग्रेजी, नेपाली, स्पेनिस र अरेबिक सबटाईटल राखिएको छ।

चलचित्र टिमबाट बताईए अनुसार राघव एक युवाको ‘इमोश्नल जर्नी’ हो। राजबल्लभ कोईराला फिल्म्स सहित आईडिया एण्ड इमेज, प्लानेट३फिल्म्सको सहकार्यमा अण्डरग्राउड टकिज नेपालको प्रोडक्सनमा यो चलचित्र बनाईएको हो।

शिबिर पोखरेल, अशिष्मा नकर्मी, अस्मिता ढकाल लगाएतका कलाकारहरुको अभिनय रहेको यो चलचित्रलाई अमेरिकामा बस्दै आएका भुपेन्द्र भट्टराईले लेखन तथा निर्देशन गरेका छन्।

Watch the OST:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu