यो मंगलवार बन्यो केकीको सबैभन्दा खूशीको दिन | फोटो फिचर



keki-birthday1
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्रकी चर्चित एवं पछिल्लो समयकी व्यस्त नायिका केकी अधिकारीले मंगलवार बिभिन्न चलचित्रकर्मी तथा सञ्चारकर्मी माझ आफ्नो जन्मदिन मनाएकी छिन । आगामी पौष २६ गतेबाट ‘वर्ल्डवाईड’ रुपमा प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बितेका पल’ युनिटले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सहभागीको साथमा धुमधामको साथ केकीले आफ्नो जन्मदिन मनाएकी हुन ।

keki-birthday5
गत बर्ष पनि चलचित्र ‘बितेका पल’को छायांकनको दौरानमा यो चलचित्रको युनिटसँगै आफ्नो जन्मदिन मनाएकी केकीले प्रफुल्ल मुद्रामा आजको दिन आफ्नो जीवनकै बिशेष दिन भएको बताईन । दर्जनौं चलचित्रकर्मी तथा चलचित्र पत्रकारमाझ केकीले भनिन,’आज मेरो जीवनकै सबैभन्दा खुसीको क्षण हो, म यती खुसी छु भन्ने कुरा म कुनै शब्दमा व्यक्त गर्न सक्दिन ।’

keki-birthday2

कार्यक्रममा केकीको उमेर कति भयो भनेर धेरेले सोध्दा उनले १६ बर्ष भन्दा माथी भएँ सोही अनुसार बुझ्नुस न भन्दा भने सहभागीहरुको हाँसोले हल नै गुञ्जायमान भएको थियो ।

keki-birthday4
चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईको प्रमुख आतित्यथामा चलेको कार्यक्रममा केकीले केक काट्दै सहभागी सबैलाई केक खुवाएकी थिईन । चलचित्र बितेका पलको निर्माण यूनिटसंगै बिभिन्न व्यक्तीहरुले केकीलाई बिभिन्न प्रकारका ‘बर्थडे गिफ्ट’ समेत दिएको थिए ।  सो कार्यक्रममा बितेका पलको अडियो गीत सार्वजनिक समेत गरिएको थियो।

keki-birthday3

नेपाली चलचित्र उद्योगमा धेरै संभावना बोकेकी तथा धेरैले आशा गरिएकी नायिका केकी अधिकारीलाई ठुलोपर्दा डटकमको तर्फबाट पनि धेरै-धेरै शुभकामना !!!
keki-birthday-tp

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu