२८ पछि मात्र बिहे गर्न ज्योतिषको प्रदीपलाई सुझाव



‘प्रेमगीत’, ‘प्रेमगीत २’ र हाल प्रदर्शनरत चलचित्र ‘लिलिबिली’ बाट युवा स्टार प्रदीप खड्काको डिमाण्ड ह्वात्तै बढेको छ । चकलेटी लुक्सले गर्दा उनको फ्यान फलोइंग पनि दिन प्रतिदिन बढिरहेको छ ।

एक फिल्मबाट २२ लाख बढी पारिश्रमिक बुझ्ने उनी चाँडै नयाँ चलचित्र ‘भैरवी’ मा व्यस्त हुँदैछन् । अहिले भने उनी ‘लिलिबिली’ को सक्सेसबाट दंग छन् । ‘स्केप’ र ‘ठूलोमान्छे’ गरि दुई चलचित्र निर्माण गरिसकेका उनी चाँडै आफ्नै लगानीमा नयाँ चलचित्र निर्माण गर्ने तयारीमा समेत छन् ।

‘प्रेमगीत’ पछि सफलतामा लोट्री लागेको उनलाई वर्ष २०७५ सम्म फलिफाप रहेको युवा ज्योतिष हरिहर अधिकारीले बताएका छन् ।

कान्तिपुर एचडी टिभीबाट प्रशारण हुने ‘मार्गदर्शन’ कार्यक्रममा पुगेका प्रदीपलाई हरिहरले वर्ष २०७६ लागेपछि भने केही मिहिनेत गर्न सुझाव दिएका छन् ।

उनले भने, ‘२०७५ सम्म तपाईलाई ठिक छ । स्वास्थ्यदेखि सबैको सहयोग मिल्नेछ । जब २०७६ साल सुरु हुन्छ तबदेखि भने आफ्नो अभिनय शैली र स्टाइलमा केही परिवर्तन गर्दा राम्रो हुन्छ ।’

२०७६ बाट मंगल र शुक्रको उतारचढाव रहने भएका कारण उनले प्रदीपलाई सजक रहने पनि सल्लाह दिएका छन् । धनु राशीका प्रदीपको २८ वर्षपछिको विवाह मात्र शुभ हुने ज्योतिष अधिकारीले बताए ।

‘२८ वर्षभन्दा कम उमेरमा विवाह गर्नुभयो भने सम्बन्ध टिक्न गाह्रो छ । २८ वर्षपछि विवाह गर्दा राम्रो हुनेछ । तपाईको प्रेम विवाह नै हुन्छ ।’ उनले भने । भाग्यमा पनि विश्वास गर्ने २७ वर्षका प्रदीप अहिले आफू करिअरमै फोकस रहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu