पुष २६ मा ‘बितेका पल’ले दर्शकसँग प्रतिस्पर्धा गर्दै



keki-birthday5
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्रले हावा खाईरहेको बेला प्रदर्शोन्मुख चलचित्रका निर्माता निर्देशकलाइ आफ्नो चलचित्रले राम्रो व्यापार गरोस भन्ने लाग्नु स्वभाविक हो । कतिपय निर्माता निर्देशकले आँफुले राम्रो चलचित्र बनाएको भए पनि दर्शक नै हलसम्म नजाने गर्नाले चलचित्रले राम्रो व्यापार नगरेको दाबी समेत गर्छन । अनि आफ्नो चलचित्रसँग जुध्ने चलचित्रलाई नै मुख्य प्रतिस्पर्धी मानिरहँदा आगामी पौष २६ गतेलाई प्रदर्शनको मिती तोकेका चलचित्र ‘बितेका पल’का निर्देशक सुरज सुब्बा नाल्बोले भने आफ्नो चलचित्रले दर्शकसँग प्रतिस्पर्धा गर्न लागेको बताएका छन् ।

मंगलवार राजधानीमा आयोजित अडियो सार्वजनिक कार्यक्रममा बोल्दै उनले भने,’ चलचित्रमा मनोरञ्जन मात्रै भएर हुँदैन, विचार हुनुपर्छ, बितेका पल विचार बोकेको चलचित्र हो ।’  त्यसैले नेपाली चलचित्रमा सफल निर्देशकको दर्जा पाएका निर्देशक नाल्बोले आँफु दर्शकको प्रेम र आलोचनाको पात्र बन्न तयार रहेको समेत बताए ।’

यसैबीच, यो चलचित्रको निर्माण युनिटले आगामी पौष १४ गते राजधानीको विग मुभिजमा प्रिमियर गर्ने भएको छ । प्रिमियर बारे जानकारी दिँदै चलचित्र ‘बितेका पल’का निर्माता राजेश घतानीले आफ्नो चलचित्रले प्रिमियरको दिनदेखी नै वाह-वाही बटुल्ने दाबी गरेका छन् ।

९५ प्रतिशत सुटिङ दार्जिलिङ गरिएको यो चलचित्रमा केकी अधिकारी, बाबु वोगटी र अभिनाश गुरुङको मुख्य अभिनय छ । चलचित्रमा संगित बाबु बोगटी, डम्वर नेपाली र रोशन लामाको रहेको छ । भने यो चलचित्रलाई हरी लामाले खिचेका हुन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu