अनमोललाई भेटेपछि के भनिन् निरुताले ?



केही दिनदेखि नेपालमा रहेकी अभिनेत्री निरुता सिंह र अहिलेका सुपरस्टार अनमोल केसीबीच भेट भएको छ । अनमोल सानो हुँदा निरुताले कयौं पटक काखमा बोकेर उनलाई डुलाएकी थिइन् ।

अनमोल अभिनेता बनेपछि उनको पहिलो पटक बिहीवार ‘एनएफडिसी अवार्ड’ मा भेट भयो । अझ रमाइलो त के भयो भने निरुतालाई भुवन केसीले अनमोलतिर देखाएर को हो चिन्यौ ? भनेर सोधे ।

उनले सिधै अनमोललाई नामले बोलाइन् । बसेको कुर्सीबाट अनमोल जुरुक्क उठे र उनीसँग अंकमाल गरे । दुबैले केहीबेर कुरा गरे । चर्को रुपमा बजेको ब्याकग्राउण्ड म्यूजिकका कारण निरुता र अनमोलबीच भएको वार्तालाप भने सुन्न सकिएन ।


अनमोल ज्ञानोदय स्कुलमा पढ्दा निरुता दैनिक जसो उनलाई भेट्न पुगिरहेकी हुन्थिन् । भुवन केसीसँग केही फिल्ममा सँगै काम गरेका कारण अनमोल उनका निकै प्यारा थिए ।

तर, मुम्बई हानिएपछि निरुताको उनीसँग भेट भएको थिएन । पहिलो पटक अनमोल हिरो भएको भन्ने खबर सुन्दा उनी अचम्ममा परेकी थिइन् ।

नेपाल बसाईको क्रममा उनले अनमोलसँग भेट गर्ने औधि इच्छा रहेको बताएकी थिइन् । बिहीवार उनको त्यो इच्छा पनि पुरा भयो । अनमोलसँग भेट गर्दा उनी मख्ख देखिन्थिन् ।


हालसालै एक अन्तर्वार्ताको क्रममा निरुताले आफ्नो काखमा हुर्किएको अनमोलको हिरोइन भएर पर्दामा काम गर्ने इच्छा रहेको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu