राजकुमारको ‘वान वे’मा रविन अगाडी | आयो फष्टलुक प्रोमो तथा पोस्टर



one-way-1st-look-1'
ठुलोपर्दा डटकम, काठमाण्डौ।
राजकुमार राईको निर्माण तथा आर.सी. पिक्चर्सको ब्यानरमा तयार भएको नेपाली चलचित्र ‘वान वे’ को फष्टलुक प्रोमो तथा पोस्टर सार्वजनिक भएको छ । चलचित्रको निर्माण युनिटले बुधवार यो चलचित्रको अफिसियल ‘फष्टलुक’ सार्वजनिक गरेको हो ।

हलिउड चलचित्रको झल्को दिने खालको प्रोमो बनाएको भन्दै सुरुमै धेरै चलचित्रकर्मीहरुले निर्माण युनिटले तारिफ पाईसकेको छ । सार्वजनिक फष्टलुकमा गायक तथा नायक रबिन तामाङलाई मुख्य पात्रको रुपमा देखाईएको छ । निर्माणपक्षले पुस्तान्तरको कथा भनेको ‘वान वे’मा रविनसँगै सिद्धार्थ गुरुङको साथमा माला सुब्बा, करिश्मा मानन्धर, विल्सन विक्रम राई, श्याम राई, रूपा राना लगायतले अभिनय गरेका छन् ।

सुरज सुब्बा ‘नाल्बो’को निर्देशन रहेको यो चलचित्रको निर्माण युनिटले ‘फष्टलुक’ सार्वजनिक सम्बन्धमा जानकारी गराउन जारी प्रेस विज्ञप्तीमा भनिएको छ, ‘वान वे पुस्तान्तरको कथा हो । जो घाम झै पुर्वमा झुल्केर पश्चिममा अस्ताउँदैन । यो भुमन्डलीकरण झै पश्चिममा झुल्केर पुर्वमा अस्ताउँछ । त्यही गोधुली पुस्ता को अविरल यात्रा हो’ ।

हरि घले ‘लामा’को छायाँकन रहेको यो फिल्मलाई बिपिन मल्लले सम्पादन गरेका छन् । ‘रबिङ एन्ड दि न्यू रिभोलुसन’ र डम्बर नेपालीको संगीत रहेको यस चलचित्रको कथा भने डा.प्रदीप भट्टराईले लेखेका हुन् ।

Watch the teaser here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu