सञ्चिताले गरिन् पार्लर उद्घाटन



काठमाडौंस्थित नयाँ बनेश्वरमा ‘मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर’ को नयाँ शाखा खुलेको छ । शनिवार एक औपचारिक कार्यक्रमको आयोजना गरी नायिका सञ्चिता लुइँटेलले उक्त पार्लरको शुभारम्भ गरिन् ।

बिगत १ दशकदेखि सौन्दर्य व्यवसाय गर्दै आएकी गीता गिरिले सो पार्लर सञ्चालनमा ल्याएकी हुन् ।

भक्तपुर सुर्यविनायकमा मुख्य पार्लर रहेको ‘मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर’ को नयाँ बानेश्वर शाखासँगै १ महिनाभित्रै कलंकीमा अर्को साखा खोलिने सञ्चालिका गिरीले बताइन् ।

पार्लरले नायिका लुइँटेलका लागि १ वर्षका लागि सम्पूर्ण सौन्दर्य सुबिधा ननिशुल्क गरेको छ भने अन्य कलाकारका लागि पनि बिशेष छुटको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu