केकी-बिमलेशको ‘मुटु’ एउटै भो | माघ दश गतेबाट जोडी जम्ने



bimlesh-keki
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्र उद्योगमा हप्तै पिच्छे रिलिज हुने दुई चलचित्र मध्ये माघ १० गते एक अर्काको मुटु भित्रको कथा अर्थात  प्रेमकथामा बनेको ‘मुटु’ रिलिज हुँदैछ । यतिबेलाकी सबैभन्दा चर्चित नायिका केकी अधिकारी र बिमलेश अधिकारीको जोडीले एक ‘मुटु’ बनेको छ। केकी-बिमलेशलाई जोडी बनाएर पर्दामा उतारेका छन् निर्देशक एभरेष्ट सुर्य बोहराले ।

यसअघी नेपाल बाहिर अमेरिका, क्यानडा र अस्ट्रेलिया लगाएतका बिभिन्न शहरमा सफलताका साथ प्रदर्शन भएको ‘मुटु’ नेपालभर प्रदर्शन मा आउदै छ । बिभिन्न चलचित्रले शुन्य जस्तै बनेको व्यापारिक अवस्थाबाट तर्सेर पटक-पटक प्रदर्शनको मिति सर्दै आइरहेको कुरालाई जोड्दै चलचित्र ‘मुटु’का निर्माँता तथा निर्देशक बोहरा आफ्नो चलचित्र माघ १० गते जुनकुनै परिस्थितिमा पनि प्रदर्शन भै छाड्ने बताउँछन् ।

उनले मुटुसँगै अहिले सम्मकै ठुलो बजेटमा नेपाली बजारमा प्रदर्शनको लागि ल्याउन लगिएको हिन्दी चलचित्र र अर्को तिर अरु नेपाली चलचित्र प्रदर्शनमा आउने भए पनि आफ्नो चलचित्र विदेशमा रहेका नेपालीहरुले एकदमै मन पराएकोले आफ्नै नेपाली माटो को कथा भएको अनि आम नेपालीको कथा बोकेको चलचित्र भएकोले मुटुलाई नै नेपाली दर्शकले मन पराउने दावी गर्छन् ।

mutu
स्वछ र सफा पारिवारिक चलचित्र नाम दिइएको चलचित्र ‘मुटु’मा कुनै समयका नेपाली म्यूजिक भिडियोका हिट जोडीले चलचित्रमा पनि जोडी जमाउने प्रयास गरेका छन् । यो चलचित्रमा नायक मुकेश आचार्यको पनि अभिनय रहेको छ । संगीत बसन्त सापकोटाको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu