प्रकृति र प्राप्तीले जिते ‘किड्स क्यापिटल’ को उपाधि



९ वर्षीया प्रकृति भट्टराई तथा १३ वर्षीया प्राप्ती थापाले ‘किड्स क्यापिटल–२०१८’ को उपाधि जितेका छन् । काठमाडौंमा सम्पन्न उक्त प्रतियोगितामा प्रनिशा भट्टराई तथा प्राजु तामाङले फस्ट रनर्स अप तथा डेनियल प्रधान र मायेशा शर्माले सेकेण्ड रसर्न अपको उपाधि जित्न सफल भएका छन् ।

प्रतियोगितामा सर्वांणी चौलागाईं तथा स्तुती श्रेष्ठले थर्ड रनर्स अपको उपाधिमा चित्त बुझाएका छन् । टच इन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्सले आयोजना गरेको बालबालिकाहरुको प्रतिभा तथा सौन्दर्य सम्बन्धि उक्त प्रतियोगितामा काठमाडौंका विभिन्न विद्यालयमा अध्ययनरत ४५ जना बालबालिकाहरुको भाग लिएका थिए ।

अभिनेता एसराज गराचद्वारा कोरियोग्रँफी गरिएको उक्त प्रतियोगितामा रिभा मानन्धरले पब्लिक च्वाइस अवार्ड जित्न सफल भइन् । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा निर्भानलाल मास्के तथा प्राप्ती थापाले मोस्ट पपुलरको उपाधि जिते भने प्रिंसल जंग थापा तथा स्तुती श्रेष्ठले मोस्ट पपुलर अन इन्टरनेटको उपाधि पनि जिते ।

डेनियल प्रधानले बेस्ट एक्टरको उपाधि जितेको उक्त प्रतियोगितामा अर्शिना भट्टराई तथा प्राप्ती थापाले मोस्ट टे्यालेन्टेडको उपाधि जित्न सफल भए ।

प्रतियोगितामा स्तुती श्रेष्ठ तथा बिधान श्रेष्ठले बेस्ट सिंगर, सान्भी श्रेष्ठ तथा प्रिन्स प्रसिद सिंह थापाले बेस्ट डान्सर, प्रेन्सा घिमिरे तथा बिज्ञा पाण्डेले मोस्ट फोटोजेनिक, कृतिका अधिकारी तथा बैभव सिंहथापाले बेस्ट स्माइल, कृषा प्रसाईं तथा सदीम महर्जनले बेस्ट पर्सनालिटी, रिभा मानन्धर तथा बैभव सिंह थापाले बेस्ट वाक, सुबिना लामा तथा राज अभिषेक कल्वारले मोस्ट कन्फिडेन्ट, समीजा शर्मा तथा राज अभिषेक कल्वारले बेस्ट पर्फमर, कृषा केसी तथा अविरल खड्काले मोस्ट पङ्चुअल, अस्मि शाही ठकुरी तथा आन्विक्ष्ँ कार्कीले मोस्ट एटेन्टिभ, आरजु धामी तथा सौहार्द श्रेष्ठले मोस्ट एटेन्डेन्स, प्राजु तामाङ तथा प्रिन्स प्रसिद सिंह थापाले मोस्ट स्टाइलिष्ट, निष्ठा मानन्धर तथा स्पन्दन तामाङले मोस्ट टाइडी, प्रिन्जल जंग थापाले मोस्ट हेण्डसम, आर्शिना नकर्मीले मोस्ट ब्युटिफूल, विदुशी राजोपाध्याय ता रोजन राईले क्युटेस्ट, श्रीया श्रेष्ठले बेस्ट हेयर, डेनियल प्रधानले लिटिल प्रिन्स, सनय शाक्यले लिटिल प्रिन्सेस, आनिया कपालीले मोस्ट इनर्जेटिक, सर्वाणी चौलागाईंले मोस्ट इन्टेलिजेन्ट, सोमिका श्रेष्ठ तथा प्रज्वल विक्रम साउदले बेस्ट डिसिप्लिन, आयुष्मा शाही ठकुरीले मोस्ट फ्रेण्ड्ली, प्रनिशा भट्टराईले काइन्ड कन्टेस्टेन्ट तथा रोजन राईले हैरान कन्टेस्टेन्टको उपाधि जित्न सफल भए ।

इभेन्ट मेनेजर जोर्डन राजभण्डारीको संयोजनमा सम्पन्न भएको प्रतियोगितामा उषा खड्गी, पूनम क्ष्ँेत्री गौतम, ज्योत्सना योगी, सुब्रतराज आचार्य, रुस्का बैद्य, दिक्पाल कार्की, अक्ष्ँयजंग रायमाझी तथा रोशन कुमार निर्णायक रहेको उक्त प्रतियोगितामा कुन्ती, मोक्तान, गोपाल ढकाल छन्दे, सञ्जित भण्डारी, रोहित रुम्बा तथा दिपिका ढकाल, गम्भिर विष्ट, सागर लम्साल बलेले विभिन्न मनोरञ्जनात्मक प्रस्तुती दिएको आयोजक संस्थाकी प्रवन्ध निर्देश्ँक विजया शाहले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu