सुवेदीको पहिलो ‘एउटा साथी’ एक्सन कटमा



ठुलोपर्दा डटकम, काठमाण्डौ। सञ्चारकर्मी लक्ष्मण सुवेदीको डेब्यु निर्देशनमा तयार हुन लागेको नेपाली चलचित्र ‘एउटा साथी’को अहिले धमाधम छायांकन भईरहेको छ । निर्देशक सुवेदी अहिले राजधानीमा चलिरहेको ‘इनडोर’ छायांकनमा ‘एक्सन कट’मा व्यस्त छन् ।

यो चलचित्र लामो समयसम्म कार्यशाला गरेर कलाकारहरुमा अभिनयको निखारता लिएर मात्र छायांकनमा गएको थियो । चलचित्र फ्लोरमा नजाँदै बाट बिभिन्न सामाजिक सञ्जाल देखी अन्य मिडियाहरुमा छाईरहेका डेव्यु निर्देशक सुवेदी कलाकारहरुबाट आँफुले जतिसकेको राम्रो प्रस्तुती समेट्नमा र चलचित्रलाई राम्रो कसरी बनाउने भन्नेमा लागिपरेको बताउँछन् ।

euta-sathi-shootinh
विगत १३ वर्ष देखी सक्रिय रंग पत्रकारिता गर्दै आएका सुवेदीले यो बीचमा बटुलेको चलचित्र क्षेत्रको सबै अनुभवलाई अब भने एक निर्देशकको माध्यमबाट ‘एउटा साथी’मा खर्चिन लागेको बताए । निर्देशक सुवेदीले भने, ‘चलचित्र ‘एउटा साथी’ले पूर्ण रुपमा मनोरञ्जन पस्कनेछ । मेरो कोशिस चलचित्रलाई कसरी राम्रो बनाउने भन्नेमै केन्द्रित हुनेछ ।’

रोमान्टिक प्रेम कथामा आधारित यो चलचित्रमा सलोन बस्नेत, रिस्ता बस्नेत, जीवन गुरुङ र शिशिर भण्डारी मुख्य भुमिकामा प्रस्तुत हुँदैछन् । त्यस्तै यो चलचित्रमा नायिका द्वय रुपा राणा र अनु शाहको पनि विशेष अभिनय रहनेछ । गणेश कुमार श्रेष्ठले खिच्ने यो चलचित्रमा द्धन्द्ध निर्देशन राजेन्द्र खड्गीले गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu