यस्तो छ ‘सुनकेसरी’ को ओपनिङ



नेपालमा हरर चलचित्रले हेर्ने दर्शकको संख्या नै भएको खबरलाई शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘सुनकेसरी’ ले गलत साबित गरेको छ । देशभरका करीब ८० बढी पर्दामा एकसाथ प्रदर्शनमा आएको यो चलचित्रले पहिलो दिन सुखद ओपनिङ गर्न सफल भएको छ ।

अर्पण थापा निर्देशित यस चलचित्रले बिहान ८०, दिउँसो ९० र साँझ ८५ प्रतिशत आसपास अकुपेन्सी कायम गरेको वितरकबाट खबर प्राप्त छ । सिंगल ‘स्कृन’ मा ठिकठाक रहेपनि दर्शकको चाप मल्टिप्लेक्समा उच्च छ ।

यस चलचित्रको शुक्रवारको एडभान्स बुकिङ मल्टिप्लेक्समा अपेक्षा गरेभन्दा राम्रो थियो । निर्माताले सबैभन्दा बढी शेयर हात पर्ने क्यूएफएक्सले यो फिल्मलाई शुक्रवार कूल १५ शोज उपलब्ध गराएको थियो । उक्त शो अधिकांश हाउसफुल भएका छन् ।

शुक्रवारका हरेक शो हाउसफुल भएपछि शनिवारका लागि क्यूएफएक्सले यस चलचित्रलाई १६ शोज दिएको छ । क्यूएफएक्स च्यानलका छायाँ, कुमारी, सिभिल, जय नेपाल, लविङमा शुक्रवार बिहानैदेखि दर्शकको उपस्थिति ठेलामठेल थियो ।

यस्तै, शनिवारका लागि विएसआर मुभिजले ४ बाट ५ शो, एफक्यूबले ४ बाट ६ शो, क्यूजले २ बाट ४ शोमा बढोत्तरी गरेको छ । दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको ‘सुनकेसरी’ को शनिवारको अधिकांश शोज शुक्रवार साँझ नै सोल्डआउट हुने छाँटकाँट देखिएको अभिनेत्री तथा निर्माता ऋचा शर्माले बताइन् ।

उनी दर्शकको उत्साहजनक साथले ‘सुनकेसरी २’ निर्माण गर्न थप हौसला मिलेको बताउँछिन् । बिहीवार साँझ छाँया हलमा प्रिमियरको आयोजना गर्दैगर्दा उनले यसको सिक्वेल निर्माण गर्ने घोषणा गरेकी थिइन् ।

चलचित्रमा दोस्रो भागका लागि ठाउँ बाँकी राखिएको छ । चलचित्र हेरेका अधिकांश दर्शकले कलाकार रविन्द्र झाको कमेडी पाटोलाई औधि रुचाएका छन् । यस चलचित्रमा ऋचा र रबिन्द्रका अलावा भीम न्यौपाने, सुनिल पराजुली, तमन्ना शर्मालगायतका कलाकारहरुको अभिनय छ ।

ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा यो चलचित्र निर्माण गरेकी हुन् । उक्त चलचित्रमा अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भुतप्रेतबीचको गतिविधीलाई मुख्य कथा बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu