बलिउड चलचित्रमा अभिनय गर्दै अनमोल



अभिनेता अनमोल केसीले एक बलिउड चलचित्र साइन गरेका छन् । भारतको पत्रिका ‘हमारा महानगर’ ले यो खबरको खुलासा गरेको छ । अचेल आफू अभिनीत छैठौँ चलचित्र ‘क्याप्टेन’ को छायांकनमा व्यस्त उनले हालैमा भारतको सुप्रशिद्ध म्यूजिक कम्पनी ‘वल्डवाईड रिकाड्र्स प्रा.ली’ ले निर्माण गर्न लागेको एक हिन्दी चलचित्र साइन गरेका हुन् ।


पत्रिकाले ‘नेपाली सुपरस्टार अनमोल केसीको बलिउडमा ईन्ट्री’ शिर्षकमा एक समाचार प्रकाशन गरेको छ । नाम तय नभएपनि उक्त चलचित्र भारत र नेपालबाहेक ७४ देशमा प्रदर्शन हुने समाचारमा उल्लेख छ । यो पत्रिकाको समाचार अनमोलले आफ्नो आधिकारिक फेसबुकमा पनि शेयर गरेका छन् ।

‘वल्डवाईड रिकाड्र्स’ ले अहिलेसम्म म्यूजिक मात्र रिलिज गर्दै आएको थियो । अनमोललाई लिएर यो कम्पनीले पहिलो पटक चलचित्र निर्माण गर्न लागेको हो । खबरअनुसार, उक्त चलचित्रलाई भुवन केसीले निर्देशन गर्नेछन् । यसअघि उनले ‘ड्रिम्स’ नामक चलचित्रको निर्देशन सम्हालेका थिए ।


यस अनटाइटल हिन्दी प्रोजेक्टका लागि अनमोलले महँगो पारिश्रमिक बुझेको चर्चा छ । ‘वल्डवाईड रिकाड्र्स’ का वनर रत्नाकर कुमारले भनेका छन्, ‘अब हामी नेपाली कलाकारसँग पनि काम गर्दैछौँ । नयाँ प्रोजेक्टलाई लिएर म निकै उत्साहित छु ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu