प्रियंका र आयुष्मानको ‘चङ्गा चेट’ भदौ १५ मा



निर्माता माधव वाग्ले निर्मित तथा दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘चङ्गा चेट’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्देशक खनालका अनुसार, यो चलचित्र भदौ १५ गतेबाट देशभर प्रदर्शनमा आउनेछ ।

प्रियंका कार्की, ऋचा शर्मा, अर्पण थापा, आयुष्मान देशराज जोशी, परमिता राज्यलक्ष्मी राना, सुरक्षा पन्त, माओत्से गुरुङ, रविन्द्र झा, सन्दीप क्षेत्री, आशिफ शाहलगायतका कलाकारको ‘चङ्गा चेट’ मा अभिनय छ ।

यो चलचित्रको केही दिनमा ‘गोजीमा दाम छैन’ बोलको गीत रिलिज हुँदैछ । चलचित्रमा प्रदीप भारद्वाजको कथा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत छ । प्रिन्सेस मुभिजको प्रस्तुति रहेको उक्त चलचित्र डार्क कमेडी जनरामा निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu