विकास बोर्डले गर्‍यो करिश्मादेखि साम्राज्ञीसम्मलाई सम्मान



चलचित्र विकास बोर्डले बिहीवार राजधानीमा आयोजना गरेको ‘महिला सशक्तीकरणका लागि सुचनाको हक अभिमुखीकरण तथा प्रशिक्षण कार्यशाला’ आयोजना गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि रहेकी प्रदेश ३ प्रमुख अनुराधा कोइरालाले कलाकार समाजका रोल मोडल भएकाले महिला कलाकारहरुले समाजलाई प्रभावित पार्न सक्ने बताइन् ।


उनले, महिला कलाकारहरुले चलचित्रमा मात्र नभएर बाहिरी समाजमा पनि सोही अनुसारको छाप छाड्ने बताइन् । उक्त अवसरमा अभिनेत्री करिश्मा मानन्धर, साम्राज्ञी राज्यलक्ष्मी शाह, बरिष्ठ कलाकार चत्य देबी, सकुन्तला शर्मा, बसुन्धारा भुसाल र दिपाश्री निरौलालाई सम्मान गरिएको थियो ।

नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेको छोटो समयमै आफ्नो कलाको माध्यमबाट महिला सशक्तिकरणमा योगदान गरेको भन्दै अभिनेत्री शाहलाई सम्मानित गरिएको हो । कार्यक्रमको दोस्रो सत्रमा सुचनाको हक बिषयक तालिमका लागि बरिष्ठ पत्रकार बबिता बस्नेतले महिला सहभागीलाई प्रशिक्षण दिएकी थिइन् ।


चलचित्रकर्मी महिला सशक्तिकरण समितिमा संयोजक अभिनेत्री सरीता लामिछाने र सदस्यहरुमा रक्षा सिंह राणा, गीता अधिकारी, कविता शर्मा गेलाल तथा सचिवमा चलचित्र विकास बोर्डकी अधिकृत निर्मला चौलागाई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu