मण्डलामा ‘झिमिक झिमिक झ्याप्प’ नाटक मञ्चन हुँदै



थिएटर भिलेज र थेम्स ईन्टरनेशनल कलेजको सहकार्यमा मण्डला थिएटरमा नयाँ नाटक ‘झिमिक झिमिक झ्याप्प’ मञ्चन हुने भएको छ । जेठ २९ गतेबाट नियमित मञ्चन हुने यो नाटक बेलायती नाटककार पिटर स्याफरको नाटक ‘ब्ल्याक कमेडी’ मा आधारित छ, जसलाई नेपालीकरण गरिएको छ।

थिएटर भिलेजमा आबद्ध रहि नियमित अभिनय र निर्देशन गरिरहेका दिलिप रानाभाटको निर्देशनमा तयार भएको यस नाटक असार ३ सम्म नियमित मञ्चन हुनेछ।

मान्छेका सम्बन्धमा देखिने खोक्रोपनामा समाज र राजनीतिको कस्तो भुमिका रहेको छ भन्ने कुरालाई नाटकले कलात्मक ढंगले प्रस्तुत गरेको छ ।

आयुष्ना गिरी, एच के अधिकारी, प्रशंसा पौडेल, सन्देश ले मोटे शाक्य, आयुष्मान प्याकुरेल, प्रस्तुति भट्टराई, श्रवण कुमार राना र बिपिन रिमालको अभिनय रहेको यस नाटकमा साजन कुमार सुनुवार र सुशान श्रेष्ठ निर्देशन सहयोगी रहेका छन् ।

उमेश तामाङको प्रकाश रहेको यो नाटकलाई दिलिप रानाभाट र आलोक लम्सालले अंग्रेजीबाट नेपालीमा अनुवाद गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu